रिंगिटको मूल्य दुई बर्षयताकै धेरै, निरन्तर उकालो लाग्दै, कति छ रियाल, दिराम र दिनारको मूल्य ?

काठमाडौं, पुष २८-

नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार शुक्रवार मलेसियन रिंगिटको खरिद दर २५ रुपैंयाँ ४७ पैसा छ भनें विक्रि दर २५ रुपैंयाँ ६२ पैसा छ । यो झण्डै दुई बर्षयताको उच्च मूल्य हो । केहि समययता बृद्धि हुँदै आएको रिंगिटको मूल्य बृद्धिले शुक्रवार पनि निरन्तरता पायो । कुनै समयमा ३० रुपैंया भन्दा माथि रहेको रिंगिटको मूल्य घटेर २३ मा झरेको थियो । पछिल्ला केहि महिनायता रिंगिट उकालो लाग्दैछ । यसले मलेसियामा कार्यरत नेपालीलाई फाइदा भइरहेको छ ।

यसैगरी कतारी रियालको खरिदर २७ रुपैंयाँ ८९ पैसा र विक्रि दर २८ रुपैंयाँ ५ पैसा रहेको छ । युएई दिरहमको खरिददर २७ रुपैंयाँ ६५ पैसा छ भनें विक्रि दर २७ रुपैंयाँ ८१ पैसा छ । साउदी रियालको खरिददर २७ रुपैंया ८ पैसा छ भनें विक्रि दर २७ रुपैंयाँ २४ पैसा छ ।

कुवेती दिनारको खरिददर ३३६ रुपैंया ५६ पैसा छ भनें विक्रि दर ३३८ रुपैंयाँ ५५ पैसा छ । बहराइन दिनारको खरिददर २६९ रुपैंयाँ ४२ पैसा छ भनें विक्रि दर २७१ रुपैंयाँ १ पैसा छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।  

यो पनि पढ्नुहोस् म चरा भएपनि भुरुर्र उडेर साउदी जान्थें छोरी खोज्न

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: