२५ रुपैंयाँ ५० पैसाको विन्दु पार गर्न सकेन रिंगिटले, कति छ रियाल, दिराम, दिनारको मूल्य ?

काठमाडौं, पुष २७-

नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार विहिवार मलेसियन रिंगिटको खरिद दर २५ रुपैंयाँ ३३ पैसा छ भनें विक्रि दर २५ रुपैंयाँ ४८ पैसा छ । २५ रुपैंया ५० पैसा पुगेको रिंगिटको भाउ त्यो भन्दा माथि उक्लिन सकेन । तर पनि डेढ बर्षयताकै उच्च मूल्यमा रिगिट कायम छ । कुनै समयमा ३० रुपैंया भन्दा माथि रहेको रिंगिटको मूल्य घटेर २३ मा झरेको थियो । पछिल्ला केहि महिनायता रिंगिट उकालो लाग्दैछ ।

यसैगरी कतारी रियालको खरिदर २७ रुपैंयाँ ८६ पैसा र विक्रि दर २८ रुपैंयाँ ३ पैसा रहेको छ । युएई दिरहमको खरिददर २७ रुपैंयाँ ६२ पैसा छ भनें विक्रि दर २७ रुपैंयाँ ७३ पैसा छ । साउदी रियालको खरिददर २७ रुपैंया ५ पैसा छ भनें विक्रि दर २७ रुपैंयाँ २१ पैसा छ ।

कुवेती दिनारको खरिददर ३३६ रुपैंया ५५ पैसा छ भनें विक्रि दर ३३८ रुपैंयाँ ५४ पैसा छ । बहराइन दिनारको खरिददर २६९ रुपैंयाँ १० पैसा छ भनें विक्रि दर २७० रुपैंयाँ ६९ पैसा छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।  

यो पनि पढ्नुहोस् नयाँ भिषाका लागि प्रहरी  रिपोर्टः कसले बुझाउनु पर्छ, कसले पर्दैन ?

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय