नयाँ भिषाका लागि प्रहरी  रिपोर्टः कसले बुझाउनु पर्छ, कसले पर्दैन ?

 

काठमाडौं, पुष २७-

युएईमा रोजगारीका लागि जानेहरुले आगामी फेब्रुअरी ४ तारिखदेखि अनिवार्य रुपमा प्रहरी रिपोर्ट पनि बुझाउनु पर्ने समाचार प्रकाशित भएपछि धेरैले हाल युएईमै कार्यरतहरु र पुनः श्रम स्वीकृति लिएर जानु पर्ने नपर्ने बारेमा प्रष्ट पारिदिन आग्रह गरेका छन् । देशपरदेशलाई सन्देश पठाएर उनीहरुले यस बारेमा अलमल भएको भन्दै सो आग्रह गरेका हुन् ।

यस बारेमा युएईको कुनै सरकारी निकायले प्रष्ट जानकारी दिएको छैन  । यद्यपी त्यहाँको सरकारी निकायलाई ईमेल मार्फत यसको जानकारी दिन आग्रह गरिएको छ जसको उत्तर हामीले यो सामाचार तयार पार्दासम्म प्राप्त गरेका छैनौं ।

यस बारेमा युएईका सञ्चार माध्यमहरुले भनें छोटो जानकारी दिएका छन् । जसअनुसार युएईमा नयाँ भिषा लिन चाहने आप्रवासी कामदारका लागि यो नियम लागु हुनेछ । उनीहरुले पछिल्लो ५ बर्षमा आफू विरुद्ध कुनै प्रहरी रिपोर्ट वा वारेण्ट नभएको प्रमाणित कागजात पेश गर्नुपर्नेछ । अर्थात युएईमै कार्यरतहरुले तत्काल प्रहरी रिपोर्ट बुझाउनु पर्ने देखिएको छैन ।

यसैगरी पर्यटक भिषा तथा परिवारको सदस्यलाई स्पोन्सर गरिएको भिषाका लागि पनि प्रहरी रिपोर्ट आवश्यक पर्नेछैन । युएईमा कार्यरत व्यक्ति नेपाल फर्केर पुनः जान चाहेमा भनें त्यस्तो प्रमाणपत्र आवश्यक पर्नेछ किनकी हरेक नयाँ भिषाका लागि प्रहरी रिपोर्ट अनिवार्य गरिएको छ । लामो समयदेखि युएईमै कार्यरतहरुले दवई प्रहरी वा अवुधावि प्रहरीमा यस्तो प्रमाणपत्रका लागि आवेदन दिन सक्ने जनाइएको छ ।

यसैगरी यदि कोहि व्यक्ति अन्य कुनै मुलुकमा लामो समयदेखि बसिरहेको छ र उ युएई जान चाहन्छ भनें त्यस्तो व्यक्तिले आफू बसिरहेको मुलुकको प्रहरी रिपोर्ट बुझाउनु पर्नेछ । उदाहरणका लागि कुनैै व्यक्ति केहि बर्षयता कतार वा साउदी वा कुवेत  वा मलेसिया जस्ता मुलुकमा कार्यरत रहेको र युएईमा नयाँ रोजगारीमा जान चाहेमा आफूले यसअघि काम गरेको मुलुकको प्रहरी रिपोर्ट संलग्न गर्नुपर्नेछ । यसले युएईको भिषा प्राप्त गर्ने कुरालार्ई केहि कठिनाई सिर्जना गर्न सक्दछ । 

यो पनि पढ्नुहोस् म चरा भएपनि भुरुर्र उडेर साउदी जान्थें छोरी खोज्न       

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: