
काठमाडौं, पुष २६-
युरोपीयन मुलुकमा आकर्षक तलबको प्रलोभनमा पारी बैदेशिक रोजगारीमा लगाई दिन्छु भनि राहदानीमा नक्कली भिषा लगाएर टर्की पुर्याएर अलपत्र पार्ने तीनजना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले कास्की बस्ने प्रदीप गिरी, प्रविन गिरी र ज्ञानेन्द्र अधिकारीलाई ठगिको अभियोगमा पक्राउ गरेको हो ।
प्रहरीका अनुसार उनीहरुले युरोपमा आकर्षक तलवमा काम लगाइदिने भन्दै प्रतिव्यक्ति ८ लाख ५० हजार लिएर नेपाली युवालाई टर्की पुर्याएर अलपत्र पारेका थिए । जिल्ला अदालतबाट म्याद थप गरी उनीहरुलाई अनुसन्धानमा राखिएको प्रहरीले जनाएको छ ।
यो पनि पढ्नुहोस् व्यक्तिगत श्रम स्वीकृतिका लागि अनलाइन टोकन प्रणाली सुरु