नक्कली भिषा देखाउँदै, ठग्दै

 

काठमाडौं- वैदेशिक रोजगार व्यवसायको अनुमतिपत्र लिएको एक म्यानपावर कम्पनीले नक्कली भिसा देखाएर कामदारहरूबाट ठगी गरेको पाइएको छ । काठमाडौंको सिनामंगलमा रहेको ब्लु स्टार ओभरसिज सर्भिसेज प्रालिले कामदारको मागपत्र नै नभई रकम तीन सयभन्दा बढी व्यक्तिबाट असुल गरेको पाइएको हो ।

विभिन्न व्यक्तिलाई एउटै नम्बरको भिसा उपलब्ध गराएको फेला पारेको नयाँ पत्रिकाले समाचार लेखेको छ । अनिलकुमार शर्मा, मंगललाल योञ्जन र श्रीकृष्ण राईलाई कुबेतको भिसाको छाप लगाइएको फोटोकपी उपलब्ध गराइएको छ । हेभी ड्राइभरका लागि दिइएको तीनैजनाको भिसा नम्बर भने समान ‘२८९८७३८०६’ उल्लेख छ ।

एउटै भिसा नम्बर विभिन्न व्यक्तिको नाममा हुनु गलत भएको वैदेशिक रोजगार विभागका महानिर्देशक राजकुमार श्रेष्ठ बताउँछन् । ‘भिसा नक्कली हो वा होइन भन्ने विषय जाँच नगरी भन्न सकिन्न,’ उनले भने, ‘एउटाको भिसा फोटोकपी गरेर अन्यलाई देखाइएको हुन सक्छ ।’ विभागले उक्त उजुरीमा अनुसन्धान अगाडि बढाइसकेको छ ।

प्रतिव्यक्ति ४० हजार रुपैयाँदेखि २ लाख रुपैयाँसम्म असुल गरिएको उजुरी प्राप्त भएको विभागकी निर्देशक रमा भट्टराईले जानकारी दिइन् । पासपोर्ट भने विभागले सनाखत गरी सोमबारदेखि सम्बन्धित व्यक्तिलाई उपलब्ध गराउन सुरु गरिसकेको छ । 

यो पनि पढ्नुहोस् दूतावासले उठाएर पठायो पाउन बाँकी तलव, बीमा वापतको ५ करोड २६ लाख

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय