फेब्रुअरी ४ देखि विदेशी कामदारलाई प्रहरी रिपोर्ट अनिवार्य, आपराधिक पृष्ठभूमिका व्यक्ति रोक्ने उद्धेश्य

दुवई, पुष २६-

युएईले आगामी फेब्रुअरी ४ देखि विदेशी कामदार लिंदा त्यस्ता कामदारले अनिवार्य रुपमा प्रहरी रिपोर्ट बुझाउनु पर्ने व्यवस्था गर्ने भएको छ । युएईमा काम गर्न जानेहरुले स्वदेशमा कुनै पनि आपराधिक कृयाकलापमा संलग्न नभएको सम्वन्धित देशको प्रहरीले उपलव्ध गराएको रिपोर्ट पनि संलग्न गर्नुपर्ने व्यवस्था गरिन लागेको हो ।

युएईको सुरक्षा व्यवस्थालाई मजबुत बनाउन यस्तो व्यवस्था गर्न लागिएको फेडरल नेशनल काउन्सील, युएईलाई उधृत गर्दै स्थानीय सञ्चारमाध्यमले समाचार लेखेका छन् । त्यस्तो कागजात या त सम्वन्धित कामदारको मुलुक वा कामदार पछिल्लो ५ बर्षदेखि बसिरहेको मुलुकको प्रहरीले उपलव्ध गराएको हुनु पर्ने जनाएको छ । यस्तो कागजातमा सम्वन्धित व्यक्ति कुनै आरोेपमा यसअघि पक्राउ नपरेको वा सो व्यक्ति विरुद्ध कुनै वारेण्ट जारी नभएको उल्लेख हुनुपर्नेछ । यस्तो कागजात सम्वन्धित मुलुकमा रहेको युएईको दूतावास वा युएईको परराष्ट मन्त्रालयले प्रमाणित गर्नुपर्ने समेत समाचारमा जनाइएको छ ।

हाल पनि सार्वजनिक क्षेत्रको रोजगारी र केहि कम्पनीहरुले सुरक्षा सम्वन्धि कागजात माग्ने गरेपनि यो अनिवार्य नभएको तर आगामी फेब्रुअरी ४ देखि भनें अनिवार्य हुने द नेशनलले लेखेको छ । अष्ट्रेलिया, क्यानडा, बेल्जीयम लगायतले अपनाउँदै आएको पद्धती नै युएईमा पनि अपनाउन लागिएको सो समाचारमा जनाइएको छ । तर टुरिष्ट भिषामा आउनेहरुलाई भनें यस्तो कागजात आवश्यक पर्नेछैन ।

यस्तो व्यवस्थाले असल व्यक्ति मात्र युएई प्रवेश गर्ने भन्दै यसले युएईको महत्वलाई अझ बढाउने फेडरल नेशनल काउन्सीलका सदस्य हमाद अल रोहोमीले बताएका छन् । उनले नै पहिलो पटक गतबर्ष यस्तो व्यवस्था लागु गर्न श्रम मन्त्रालयको बैठकमा छलफल सुरु गराएका थिए । हामी सामान्यत सवैलाई स्वागत गर्दछौं तर जसको पृष्ठभूमि समस्या सिर्जना गर्ने बाहेक उनले भनेका छन् । यसअघि जोर्डनका एक नागरिक जो युएईमा लुटपाट र बलात्कारको घटनामा पक्राउ परेका थिए उनी जोर्डनमा वारेण्ट जारी भएका व्यक्ति भएको पत्ता लागेयता सम्वन्धित मुलुकको प्रहरी रिपोर्ट अनिवार्य गर्नुपर्ने आवाज युएईमा उठेको थियो । 

यो पनि पढ्नुहोस् दूतावासले उठाएर पठायो पाउन बाँकी तलव, बीमा वापतको ५ करोड २६ लाख

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: