दूतावासले उठाएर पठायो पाउन बाँकी तलव, बीमा वापतको ५ करोड २६ लाख

 

काठमाडौं, पुष २५-

कुवेतमा विभिन्न समयमा मृत्यु भएका नेपाली कामदारका परिवारले पाउन नसकेको ५ करोड भन्दा बढी रकम कुवेतस्थीत नेपाली दूतावासको पहलमा नेपाल पठाइएको छ । मृत्यु भएका नेपाली कामदारका परिवारले पाउनु पर्ने सो रकम कानून व्यवसायी लगाएर कानूनी प्रकृया मार्फत असुलउपर गराइ नेपाल पठाइएको दूतावासले जनाएको छ । दूतावासका अनुसार सन् २०१७ मा दूतावासले १ लाख ५७ हजार ७ सय ८६ कुवेती दिनार(नेरु करिव ५ करोड २६ लाख ४३ हजार) बरावरको रकम पठाएको हो । 

दूतावासका अनुसार त्यसरी रकम पाउनेहरु १५ परिवार रहेका छन् । पाल्पाका विष्णु बहादुर मलाङ्गीको परिवारले ३९ हजार ३ सय ४५ दिनार(नेरु झण्डै १ करोड ३३ लाख) प्राप्त गर्नेगरी रकम कुवेतबाट नेपाल पठाइएको छ । यसैगरी दाङका भूपाल ओलीको परिवारले २६ हजार २ सय ९६ दिनार(नेरु झण्डै ९० लाख) प्राप्त गरेको दूतावासद्धारा जारी प्रेस विज्ञप्तीमा जनाइएको छ ।

रकम पाउने अन्यमा भूमिप्रसाद राई (खोटाङ), मनकुमारी थापा(रुपन्देही), झकबहादुर छन्त्याल(बाग्लुङ), सकिल मन्सुरी एमडी(सिरहा), राजेन्द्र काफ्ले (झापा), अर्जुन प्रसाद भेटवाल(झापा), जीत बहादुर कटुवाल(तेह्रथुम), नौसादा शेख(महोत्तरी), महेन्द्र यादव (धनुषा), सञ्जिव थापा मगर (बाँके), हिरा सुनार(सुर्खेत), अनु तामाङ(झापा) र दीपा तामाङ गोले(सिन्धुपाल्चोक)का परिवार रहेका छन् । सो रकम परराष्ट्र मन्त्रालय मार्फत मृतकका आफन्तले प्राप्त गर्नेगरी नेपाल पठाइसकिएको दूतावासले जनाएको छ । 

यो पनि पढ्नुहोस् साउदीबाट फर्केका शेरबहादुर घर पुगेनन्

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय