श्रम सम्झौता हुन थालेपछि घरेलु कामदार पठाउने तालिम दिने संस्था सकृय

काठमाडौं, पुष २५- 

श्रम सम्झौता हुन थालेपछि घरेलु कामदारलाई तालिम दिन संस्थाहरुले इजाजत लिन थाले लाख धरौटी १० हजार इजाजत दस्तुर तिरेर यी संस्थाले इजाजत लगेका हुन् वर्ष पहिलेनै संस्था छनोट गरिएको भएपनि घरेलु कामदारमा पठाउन बन्द भएपछि इजाजत लगेका थिएनन् तर जोर्डनसँग श्रमसम्झौता भैसकेको अन्य केहि देशसँग सम्झौताको प्रकृया अगाडी बढेपछि चासो देखाएको विभागका प्रवक्ता मोहन अधिकारीले बताए । 

घरेलु कामदारले विशेषगरी खाडी मुलुकहरुमा निक्कै दुःख पाएको प्रत्यक्ष देखेपछि व्यवस्थापिका संसद अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले खाडी मुलुकमा घरेलु कामदार पठाउने कार्य पूर्ण रुपमा बन्द गर्न सरकारलाई निर्देशन दिएको थियो । समितिको निर्देशन पश्चात सरकारले घरेलु काममा पठाउन पुनः रोक लगाएको हो ।

नेपालले बन्देज लगाएपछि खाडी मुलुकका राजपरिवारले नेपाली घरेलु कामदार पठाइदिन निरन्तर दवाव दिइरहेको समाचार यसअघि श्रम तथा रोजगार मन्त्री फर्मुल्लाह मन्सुरले बताएका थिए । उनले अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको बैठकमा बोल्दै यो दवाव सार्वजनिक गरेका थिए । यसैगरी घरेलु कामदार पठाउन छुट्टै रकम तिरेर दर्ता भएका संस्थाहरुले पनि बन्देज खुल्ला गर्नुपर्ने भन्दै दवावमुलक कार्यक्रम गरेपनि बन्देज यद्यपी कायमै छ ।  

यो पनि पढ्नुहोस् साउदीबाट फर्केका शेरबहादुर घर पुगेनन्

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय