काठमाडौं, पुष २५-
नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार मंगलवार मलेसियन रिंगिटको खरिद दर २५ रुपैंयाँ ३५ पैसा छ भनें विक्रि दर २५ रुपैंयाँ ५० पैसा छ । यो झण्डै डेढ बर्षयताको उच्च मूल्य हो । कुनै समयमा ३० रुपैंया भन्दा माथि रहेको रिंगिटको मूल्य घटेर २३ मा झरेको थियो । पछिल्ला केहि महिनायता रिंगिट उकालो लाग्दैछ ।
यसैगरी कतारी रियालको खरिदर २७ रुपैंयाँ ८३ पैसा र विक्रि दर २७ रुपैंयाँ ९९ पैसा रहेको छ । युएई दिरहमको खरिददर २७ रुपैंयाँ ५८ पैसा छ भनें विक्रि दर २७ रुपैंयाँ ७५ पैसा छ । साउदी रियालको खरिददर २७ रुपैंया २ पैसा छ भनें विक्रि दर २७ रुपैंयाँ १८ पैसा छ ।
कुवेती दिनारको खरिददर ३३६ रुपैंया ४ पैसा छ भनें विक्रि दर ३३८ रुपैंयाँ ३ पैसा छ । बहराइन दिनारको खरिददर २६८ रुपैंयाँ ७४ पैसा छ भनें विक्रि दर २७० रुपैंयाँ ३३ पैसा छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।
यो पनि पढ्नुहोस् बैदेशिक रोजगारमा ज्यान गुमाएका, अंगभंग भएका कामदारका सन्तानलाई नर्स, कृषि र ईञ्जिनियरिङमा छात्रबृत्ति खुल्यो