मलेसियाबाट फर्केर सुरु गरेको तरकारी खेतीबाट मासिक ९० हजार कमाई

 

विराटनगर, पुस २५-

पाँच वर्षदेखि तरकारी खेती गर्दै आएका मोरङ कटहरी–४ का कोपिन्द्र सिंहलाई अहिले आयआर्जनमा खासै समस्या छैन । नजिकैको विराटनगर बजारलाई आधार बनाएर तरकारी उत्पादनमा लागेका सिंहले एक वर्षमै दस लाख आम्दानी गर्दछन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत सिंहको गाउँमै अहिले ब्लक निर्माण भएको छ । एक झ्याङमै २५ किलो टमाटर चार किलोसम्मको बन्दा उत्पादन गर्ने सिंह जिल्लाभरमै प्रतिष्ठित किसान हुन् । जिल्लास्तरीय राष्ट्रपति पुरस्कार, पूर्वाञ्चलस्तरीय राष्ट्रपति पुरस्कार र मोरङमा टमाटर खेतीतर्र्फ उत्कृष्ट किसान पदक तीन पटकसम्म सिंहको हातमा परिसकेको छ ।

पाँच वर्षदेखि लगातार तरकारी खेतीमा सक्रिय सिंहको पहलमा कृषि कार्यालयले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत ब्लक निर्माण गरेको हो । दुई सय ४० घरधुरी किसान सम्मिलित ब्लकमा एक सय १० हेक्टर क्षेत्रफल जमिन तरकारी उत्पादनका लागि समेटिएको छ । टमाटर, बन्दाकोभी, मुला, आलु, मकै, सागसब्जी, बैगुनलगायत तरकारी त्यस ब्लकमा उत्पादन हुँदैआएको छ । चारवर्ष मलेसिया बसेर फर्केपछि त्यहाँ कमाएको र

 तरकारी खेतीको पैसाले जग्गा किनेर घर निर्माण गरेको उनी बताउँछन् ।  कारमा कुद्ने किसानको पहिचान बनाउने योजनामा छु, सिंहले भने  आत्मनिर्भर उन्मुख तरकारी उत्पादन कसरी हुन्छ भन्ने उदाहरण बन्नु छ । 

यो पनि पढ्नुहोस् बैदेशिक रोजगारमा ज्यान गुमाएका, अंगभंग भएका कामदारका सन्तानलाई नर्स, कृषि र ईञ्जिनियरिङमा छात्रबृत्ति खुल्यो

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय