२६ जना ठगेको अभियोगमा मेनपावर कम्पनी सञ्चालकहरु पक्राउ

काठमाडौं, पुष २४-

बैदेशिक रोजगारमा कुवेत लगायतका मुलुकमा पठाइदिने आश्वासनमा २६ जनाबाट १० लाख ६५ हजार ठगेको अभियोगमा प्रहरीले एक मेनपावर कम्पनीका सञ्चालकहरुलाई पक्राउ गरेको छ । महानगरिय अपराध अनुसन्धान महाशाखाले पीडितको उजुरीका आधारमा सिनामंगलस्थीत व्लू स्टार ओभरसिजका सञ्चालकहरु राम घिमिरे र सञ्जय उप्रेतीलाई पक्राउ गरेको जनाएको छ । प्रहरीका अनुसार गत पुष २० गते पीडितहरुले उजुरी दिएका थिए ।

पीडितको उजुरीका आधारमा महाशाखाबाट गएको प्रहरी टोलीले सो मेनपावर कम्पनीबाट विभिन्न व्यक्तिको ३ सय ७१ थन राहनानी, स्वीकृत नलिएका मागपत्रहरु, विभिन्न व्यक्तिले रकम पठाएको रसिद र रकम लेनदेन सम्वन्धि फायलहरु बरामद गरेको थियो ।

बरामद गरिएका कागजातहरुमा राहदानी संकलन गर्नु पुर्व आवश्यक पर्ने कानुनी प्रकृया समेत पुरा गरेको नदेखिएको प्रहरीले जनाएको छ । ति कागजात बैदेशिक रोजगार  विभागमा पठाइएको प्रहरीले जानकारी दिएको छ ।

यसैबीच नेपाल बैदेशिक रोजगार व्यवसायी संघले एक विज्ञप्ती जारी गर्दै सो घटनाको छानविन गरी दोषि देखिए कारवाही गर्न बैदेशिक रोजगार विभागलाई अनुरोध गरेको छ । संघका अध्यक्ष रोहन गुरुङले सो मेनपावर कम्पनी संघको सदस्य रहेको पाइएमा तत्काल कारवाही गरिने जनाएका छन् । 

यो पनि पढ्नुहोस् बैदेशिक रोजगारमा ज्यान गुमाएका, अंगभंग भएका कामदारका सन्तानलाई नर्स, कृषि र ईञ्जिनियरिङमा छात्रबृत्ति खुल्यो

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय