खाडीको पैसाको मूल्य घट्दै, मलेसियन रिंगिट बढ्दै  

  

काठमाडौं, पुष २३-

नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार आइतवार कतारी रियालको खरिदर २७ रुपैंयाँ ७६ पैसा र विक्रि दर २७ रुपैंयाँ ९३ पैसा रहेको छ । युएई दिरहमको खरिददर २७ रुपैंयाँ ५२ पैसा छ भनें विक्रि दर २७ रुपैंयाँ ६९ पैसा छ ।

यसैगरी साउदी रियालको खरिददर २६ रुपैंया ९६ पैसा छ भनें विक्रि दर २७ रुपैंयाँ १२ पैसा छ । मलेसियन रिंगिटको खरिद दर २५ रुपैंयाँ २९ पैसा छ भनें विक्रि दर २५ रुपैंयाँ ४४ पैसा छ । कुनै समयमा ३० रुपैंया भन्दा माथि रहेको रिंगिट घटेर २३ मा आइपुगेको थियो । लामो समयपछि रिंगिटको भाउ २५ रुपैंयाँ पुग्नु धेरै नेपालीका लागि खुशीको सन्देश हो ।

कुवेती दिनारको खरिददर ३३५ रुपैंया ३० पैसा छ भनें विक्रि दर ३३७ रुपैंयाँ २९ पैसा छ । बहराइन दिनारको खरिददर २६८ रुपैंयाँ १५ पैसा छ भनें विक्रि दर २६९ रुपैंयाँ ७४ पैसा छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।  

यो पनि पढ्नुहोस् औषधी खाने पैसा छैन, कहाँबाट तिर्नु ५५ लाख व्लडमनी ?  

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय