वेश्यालय सञ्चालन र मदिरा विक्रिको आरोपमा चार नेपाली पक्राउ

 

हरी कृष्ण न्यौपाने, कुवेत, पुष २१-

कुवेतको मिश्रिफ क्षेत्रमा कुवेत प्रहरीको बिशेष टाष्कफोर्सले छापा मारेर घरेलु मदिरा उत्पादन कारखाना र वेश्यालय एकै ठाउँमा सञ्चालन गर्ने चार नेपाली नागरिकई पक्राउ गरेको छ। पक्राउ पर्नेमा दुई महिला र दुई पुरुष रहेका छन।

कुवेतको अरबटाइम्सका अनुसार विशेष टास्कफोर्सले गैरकानूनी गतिविधिहरूमा संलग्न चार नेपालीका बारेमा सुचना पाएपछि प्रहरीले उनीहरुको निगरानी गरिरहेको थियो । उनिहरुलाई प्राप्त जानकारी र प्रमाणका आधारमा मिश्रिफ स्थित उक्त घरमा छापा मार्दा बिशेष बिरुवाबाट निर्माण गरीने घरेलु मदिराका साथ उक्त घरेलु मदिरा राख्न प्रयोग गरिने ६० वटा ब्यारेल (सिलिन्डर जस्तो देखिने पेय पदार्थ राख्न प्रयोग गरिने ठुला कन्टेनर) हरु, घरेलु मदिरा प्रशोधन तथा उत्पादन गर्न प्रयोग गरिने उपकरणहरु सहित ति नेपाली नागरिकहरुलाई पक्राउ गरीएको हो।

छापा मारिएको उक्त घरबाट २ जना पुरुष र २ जना महिला नेपाली पक्राउ परेका थिए। समाचारमा जनाइए अनुसार घट्नाको प्रारम्भिक छानबिनमा ति दुई नेपाली पुरुषहरुले घरेलु मदिरा उत्पादन र बिक्री गर्ने गरेको स्विकारेका छन। त्यसै गरी पक्राउ परेका ति दुई नेपाली महिलाहरुले आफु खुशीमै पैसा लिएर यौन ब्यवसायमा समंलग्न भएको स्विकारेको समाचारमा उल्लेख छ । 

पक्राउ गरिएका ति ४ नेपाली नागरिकहरुलाई कारबाहीका लागि सम्बन्धित निकायमा पठाएको छ भने पक्राउ गरिएका नेपालीको नाम,ठेगाना तथा कम्पनी लगाएत अन्य जानकारी भने खुलाईएको छैन। (तस्वीर साँकेतिक रुपमा ईन्टरनेटबाट लिइएको हो ।) 

यो पनि पढ्नुहोस् ‘म चरा भएपनि भुरुर्र उडेर साउदी जान्थें छोरी खोज्न’

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय