पिडितको गुनासोः उजुरी दियो, सुनुवाई नै हुन्न, कस्तो हो कानून ? 

 

रमा मगर, उदयपुर, पुष २०-

साउदीमा काम तलब नपाएको भन्दै बलबहादुर राईको आफन्तले कन्सुलर विभागमा उजुरी दिएका छन् तर आफूहरुको उजुरीका सम्वन्धमा कुनै पनि काम कारबाही नभएको पीडितको गुनासो

उदयपुरगढी गाउँपालिका खोल्मे बस्ने बल बहादुर २०७३ साल पुष गते श्रम स्वीकृति लिएर रोजगारका लागि साउदी अरबको मोदी अल बकावी फार्ममा गएका थिए उनी अल्झा इन्टरनेशनल मेनपावर कम्पनी मार्फत साउदी पुगेका हुन् विदेश जान सयकडा तीनका दरले व्याज बुझाउने गरी ८० हजार ऋण काढेर गएका उनी एक वर्ष बितिसक्दा पनि साहुलाई व्याज तिर्न सक्ने भएका छन्, सावाँको कुरा पर नै भइगयो

उनको सम्झौतापत्रमा कृषिको काम लेखिएको भनें तलव १४ सय रियाल तर काम दाम दुवै उल्टो परेको हाल उनले गर्नु पर्ने काम मेशन(डकर्मी) हो भनें पाउने तलब १२ सय भएको त्यसमा पनि विगत दुई महिना देखि कम्पनी बन्द भएकाले काम नै तलव नै त्यसैले साउदीमा अलपत्र छन् उनी

बल बहादुरसँग म्याग्दी युवराज सार्की, कपिलवस्तुका राम बृक्ष केवर, भोजपुरका अम्बर सुनुवार पनि साथमै छन् सबैको इच्छा अव नेपाल फर्केर क्षतिपूर्ति पाउँ भन्ने

बल बहादुरले नेपाल फिर्ता गरी पाउँ भन्दै ०७४ साल भदौ २२ गते रियादस्थीत नेपाली दूतावासमा निवेदन पनि हालेका छन् उनको उजुरी नं. २१३४ हो तर हालसम्म उनलाई नेपाल फर्काउने विषयमा केहि भएको छैन बसेको ठाउँबाट दूतावास निक्कै टाढा त्यसैले पटक पटक उनी धाइरहन पनि सक्दैनन् फोन गर्दाै दूतावासमा फोन उठ्दैन उठिहालेपनि आफ्नो समस्याको सुनुवाई नभएको बल बहादुरको गुनासो

साउदीबाट गरेको प्रयत्नले नपुगेपछि उनका भाइ लील बहादुर राईले नेपालमा कन्सुलर विभागमा गत मंसिर १४ गते उजुरी दिएका थिए तर ३५ दिन बित्दा पनि बल बहादुरको उद्धार भएको छैन काठमाडौं धाउँदा धाउँदा अव लील बहादुरलाई पनि दिक्क भइसकेको आज (पुष २० गते) मात्र पनि उनी कन्सुलर विभाग पुगेका थिए जहाँबाट पुनः सोमवारसम्म पर्खिनु भन्ने जवाफ पाएका छन् लील बहादुरका अनुसार त्यहाँ कार्यरत अधिकृत रमा भटराईले आगामी सोमबार मात्र बल बहादुरलाई नेपाल फिर्ता गर्न आवाश्यक कि वा छैन भन्ने कुरा निश्चित हुने बताएकी छन उद्धारको काम कछुवा गतिमा भएको देख्दा यसले पीडितका परिवारलाई उनको उद्धार सम्भव होला नहोला भन्ने दोधारमा पारिदिएको

बल बहादुरले मद्धत माग्दै उदयुपरमा जिल्ला समन्वय समितिद्धारा संचालन गरीएको सूचना तथा परामर्श केन्द्रमा फोन गरेर आफूलाई पठाउने मेनपावर कम्पनी, दूतावास नेपालमा कन्सुलर सेवा विभागले समेत कुनै सहयोग नगरेको गुनासो गरे आफूहरु बिदेशमा खाना खान समेत नपाउने अवस्थामा पुगेको अरुको सहयोग माग्दै हिंड्नु परेको उनको भनाई छ । घरमा उनका बृद्धआमा, श्रीमति बालबच्चा छन्  

यो पनि पढ्नुहोस् विदेशमा हराएको श्रीमानलाई पर्खिंदै

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय