
काठमाडौं, पुष २०-
केन्याबाट बन्धक बनाइएका ७ जना नेपाली तथा ३ जना भारतीय युवतीको उद्धार गरिएको छ । उनीहरुलाई मानव तस्करहरुले त्यहाँ पुर्याएको समाचार टाईम्स अफ ईण्डियाले लेखेको छ । भारतीय विदेशमन्त्री सुष्मा स्वराजलाई उधृत गर्दै लेखेको समाचारमा उनीहरुलाई केन्याबाट फर्काइएको उल्लेख छ ।
स्वराजले गरेको ट्वीटमा उनीहरुको उद्धारमा खटिएकोमा केन्याको प्रहरी र भारतीय कुटनीतिक अधिकारीहरुलाई धन्यवाद दिइएको छ । पछिल्लो केहि बर्षयता मानव तस्करहरुले आकर्षक कमाई हुने प्रलोभन देखाउँदै अफ्रिकी मुलुकका डान्सबारहरुमा नर्तकीका रुपमा काम गर्न नेपाली युवतीलाई पुर्याउने गरेका छन् । (तस्वीर साँकेतिक रुपमा मात्र प्रयोग गरिएको हो)
यो पनि पढ्नुहोस ‘म चरा भएपनि भुरुर्र उडेर साउदी जान्थें छोरी खोज्न’