थानेश्वरको उद्धारका लागि आवश्यक रकम जुट्यो

 

काठमाडौं, पुष १९-

साउदी अरवमा परिवन्दले जेल परेका थानेश्वर भुषालको उद्धारका लागि आवश्यक रकम संकलन भएको दुईजनाको मृत्यु हुने गरी भएको गाडी दुर्घटनाको घटनामा आधा दोषि ठहरिएर साउदी अरवमा जेल जीवन काटिरहेका भुषालको उद्धारका लागि सञ्चालित अभियानमा व्लड मनी तिर्न आवश्यक लाख ५० हजार साउदी रियाल(झण्डै ४२ लाख) संकलन भएको हो

व्लड मनी संकलनको अभियान सञ्चालन गरिरहेको संस्था प्रवासी नेपाली समन्वय समिति(पिएनसीसी) का अनुसार आवश्यक रकमको प्रतिवद्धता आइसकेको २३ लाख रुपैंया बैंकमा जम्मा भइसकेको भनें केहि रकम संकलन हुने क्रममा । अभियानमा गैरआवासिय नेपाली संघ(एनआरएनएले पनि बलियो साथ दिएकाले व्लड मनि संकलन सहज भएको हो । यसमा कुल १५ लाख एनआरएनएले सहयोग गरेको छ । एनआरएनएले केन्द्रीय कोषबाट १२ लाख ५० हजार प्रदान गर्ने यसअघि नै निर्णय गरिसकेको भनें लाख ५० हजार एनआरएनए, साउदी अरवले सहयोग गर्ने निर्णय गरिसकेको

यसैगरी दक्षिण कोरिया, साउदी अरव, कतार मलेसियामा पनि केहि रकम संकलन भइसकेको जुन बैंकमा जम्मा हुने क्रममा यो अभियानमा मुख्यगरी साउदी अरवमा कार्यरत नेपालीहरुले ठूलो भूमिका खेलेका छन् यसैगरी युएई, दक्षिण कोरिया, कतार, बहराईन, मलेसिया तथा नेपालमा आव्रवासी कामदार हकहित संरक्षण मञ्च, नवलपरासी लगायतको प्रयत्नमा सो रकम संकलन भएको हो    

रोजगारीका लागि साउदी अरव पुगेका थानेश्वरले चलाइरहेको गाडीलाई भारतीय नागरिकले चलाइरहेको अर्को गाडीले पछाडीबाट ठक्कर दिंदा भुषालले चलाइरहेको गाडी हुत्तिएर अगाडीको गाडीमा ठोक्किन गइ अगाडीको गाडीमा रहेका एक साउदी नागरिकको ज्यान गएको थियो पछाडीबाट ठक्कर दिने गाडीका भारतीय चालकको पनि सो घटनामा निधन भएको थियो

तर कम्पनीले लाइसेन्स नबनाइदिएको हुँदा विना लाइसेन्स गाडी चलाएको अभियोगमा भुषाललाई आधा दोषि ठहर गर्दै मृतक साउदी नागरिकका परिवारलाई तिर्नुपर्ने लाख रियाल व्लड मनि मध्ये आधा अर्थात लाख ५० हजार भुषालले तिर्नुपर्ने अदालतले फैसला गरेको थियो सोही व्लड मनि तिर्न नसकेका भुषाल जेल जीवन काटिरहेका छन् त्यसैले उनको उद्धारका लागि पिएनसीसीको गुवाईमा अभियान सुरु भएको थियो सो अभियानमा देशपरदेश डटकमले सुरु देखि नै सहकार्य गर्दै आएको

यो पनि पढ्नुहोस् जो जुटेका छन् ४२ लाख उठाउन    

भुषालका लागि व्लड मनि जुटाउन सहयोग गर्ने उद्धेश्यले बनाइएको भिडियो हेर्नुहोस्  

{source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/ZPTrnjZLH2c” frameborder=”0″ gesture=”media” allow=”encrypted-media” allowfullscreen></iframe>{/source}

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: