कुवेतमा एक बर्षमा १४ जना घरेलु कामदार र १७ जना कम्पनीमा काम गर्नेहरुको मृत्यु

हरी कृष्ण न्यौपाने, कुवेत, पुष १९-

कुवेतको मरुभुमीलाई कर्मथलो बनाउने क्रममा सन २०१७ भित्र बिभिन्न कारणबस ३१ जना नेपालीको मृत्‍यु भएको छ। जसमा १५ पुरुष तथा १६ महिला कामदारहरु छन।

घट्नाको प्रकृतिका आधारमा हृदयघात, मस्तिष्कघात तथा अन्य स्वास्थ्य सम्बन्धी कारणहरुबाट १७ जना, सडक, कार्यक्षेत्र तथा बिबिध दुर्घटनाहरुबाट ६ जना, आत्महत्याबाट ६ जना, मृत्‍युको कारण खुल्न बाँकी १ जना र हत्याबाट १ जना नेपाली कामदारको सन २०१७ भित्र कुवेतमा मृत्‍यु भएको हो।  

नेपाली दुताबास कुवेतका प्रथम सचिब भोगेन्द्र लिङ्देनले दिएको जानकारी अनुसार सन २०१७ मा कुवेतमा मृत्‍यु हुनेहरुमा १४ जना घरेलु क्षेत्रका कामदारहरु र १७ जना कम्पनी (संगठित क्षेत्र)का कामदारहरु रहेका छन।

बिशेष गरी खानपानमा ध्यान दिने, सडकमा यात्रा गर्दा ख्याल गर्ने, समयमै सुत्ने, कोठा भित्रै भए अनी सामान्य योगा, कसरत गर्ने, सकेसम्म धुम्रपान र मध्यपान नगर्ने वा आफ्नो श्वास्थ्यमा समस्या आएमा समयमै उपचार गराउने हो भने यो संख्या घटाउन सकिने जनाइएइको छ। 

यो पनि पढ्नुहोस् खाडी मुलुकमा लगाइएको भ्याटले कामदारलाई कस्तो असर गर्छ ?

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: