भनेको काम र दाम नपाएर विदेशबाट फर्केकाहरुले मेनपावर कम्पनीबाट फिर्ता पाए तिरेको रकम

अम्विका दाहाल, खोटाङ, पुष १९-

नेपालमा मेनपावर कम्पनीले भने अनुसारको काम तलव नपाएर कतारबाट फर्केका दुईजनाले म्यानपावर कम्पनीबाट विदेश जाँदा तिरेको रकम फिर्ता पाएका छन् खोटाङका राजेन्द्र खड्का कर्ण खड्काले उनीहरुलाई रोजगारीमा पठाउने मेनपावर कम्पनीबाट जनही ७० हजारका दरले रकम फिर्ता पाएका हुन्  

१० महिना अघि कतारको स्नो ह्वाईट कम्पनीमा कारवासको काममा भनेर पठाइएका उनीहरुलाई त्यहाँ पुगेपछि जे आइपर्छ सोही काम गर्न बाध्य बनाइएको थियो त्यसो गर्दा समेत महिना काम गर्दा महिनाको मात्र तलव पाएपछि उनीहरु गत मंसिरमा नेपाल फर्किएका थिए

नेपाल फर्केपछि उनीहरुले जव लिंक मेनपावार कम्पनीलाई आफूहरुलाई पठाउँदा तिरेको रकम फिर्ता गरिदिन आग्रह गरेका थिए सुरुमा मेनपावर कम्पनीले रकम फिर्ता गर्न आलटाल गरेपछि उनीहरुले दिक्तेलस्थीत सुरक्षित आप्रवासन, सुचना तथा परामर्श केन्द्रमा रकम फिर्ता गराइदिन निवेदन दिएका थिए उनीहरुसँग मेनपावर कम्पनीले रकम तिरेको कुनै भपाई नभएपनि आइएमई मार्फत रकम पठाएको भौचरका आधारमा सुचना केन्द्रले रकम फिर्ता गराउन पहल गरेको थियो      

यो पनि पढ्नुहोस् खाडी मुलुकमा लगाइएको भ्याटले कामदारलाई कस्तो असर गर्छ ? 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय