
काठमाडौं, पुष १८-
नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार मंगलवार कतारी रियालको खरिदर २७ रुपैंयाँ ९० पैसा र विक्रि दर २८ रुपैंयाँ ७ पैसा रहेको छ । युएई दिरहमको खरिददर २७ रुपैंयाँ ६६ पैसा छ भनें विक्रि दर २७ रुपैंयाँ ८२ पैसा छ ।
यसैगरी साउदी रियालको खरिददर २७ रुपैंया ९ पैसा छ भनें विक्रि दर २७ रुपैंयाँ २५ पैसा छ । मलेसियन रिंगिटको खरिद दर २५ रुपैंयाँ १० पैसा छ भनें विक्रि दर २५ रुपैंयाँ २५ पैसा छ । कुनै समयमा ३० रुपैंया भन्दा माथि रहेको रिंगिट घटेर २३ मा आइपुगेको थियो । पुनः रिंगिटको मूल्य बृद्धि भएर २५ को हाराहारीमा छ ।
कुवेती दिनारको खरिददर ३३६ रुपैंया ११ पैसा छ भनें विक्रि दर ३३८ रुपैंयाँ ९ पैसा छ । बहराइन दिनारको खरिददर २६९ रुपैंयाँ २९ पैसा छ भनें विक्रि दर २७० रुपैंयाँ ८८ पैसा छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।
यो पनि पढ्नुहोस पुनः विदेश नजाने हो भनें …………………