
काठमाडौं, पुष १७-
नेपाल ट्रेड यूनियन महासंघ(जिफन्ट) को ७ औं राष्ट्रिय महाधिवेशन आगामी चैत्र १४ देखि १७ सम्म काठमाडौंमा आयोजना हुने भएको छ । सोमवार बसेको महासंघको राष्ट्रिय कमिटीको ८९ औं बैठकले महाधिवेशनको नारा सुदृढ लोकतन्त्र र समृद्ध श्रमजीवि वर्ग तय गरेको छ । महाधिवेशनले आगामी नेतृत्व चयन गर्नेछ ।
बैठकले आगामी मार्च ८ तारिखका दिन महिला सम्मेलन आयोजना गर्ने समेत निर्णय गरेको छ । यसैगरी आगामी २०१८ फेब्रुअरी महिनामा युवा सम्मेलन गर्ने निर्णय पनि बैठकले गरेको छ । सम्मेलनको मिति पछि तय हुने महासंघका महासचिव विष्णु लम्सालले जानकारी दिए ।
यसैगरी जिफन्टले बाम गठवन्धनको नेतृत्वमा तुरुन्त सरकार निर्माण गर्न माग गर्दै यसका लागि सवै पक्षलाई जिम्मेवार हुन आग्रह पनि गरेको छ । बैठकमा जिफन्ट महाधिवेशन प्रतिनिधि परिषद प्रमुख मुकुन्द न्यौपाने तथा जिफन्ट अध्यक्ष विष्णु रिमालले समसामयिक राजनीतिक विषयमा राष्ट्रिय कमिटी सदस्यहरुलाई प्रशिक्षण दिएका थिए । सदस्य संख्याका हिसावले मुलुकको सवैभन्दा ठूलो ट्रेड यूनियन जिफन्टमा ४ लाख बढी श्रमिक सदस्य छन् ।
यो पनि पढ्नुहोस् पुनः विदेश नजाने हो भनें ……………….