पुनः विदेश नजाने हो भनें …………

 

अम्विका दाहाल, खोटाङ, पुष १७-

वैदेशिक रोजगारीबाट आएको रकम(रेमिट्यान्स)लाई दिगो आयमुलक क्षेत्रमा लगानी गर्दै वैदेशिक रोजगारीको उचित ब्यवस्थापनमा लाग्नुपर्ने खोटाङका स्थानीयको धारणा जिल्लाको साकेला गाउँपालिकामा आईतबार आयोजित सुरक्षित वैदेशिक रोजगार सम्बन्धी अन्तरकृया कार्यक्रमका सहभागीले रेमिट्यान्सलाई सही ढंगले लगानी गर्दै पछिल्लो पुस्तालाई स्वदेशमै रोजगारीको सिर्जना गर्नुपर्ने आवश्यक्ता रहेको धारणा राखेका हुन्

वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित तथा उपलब्धीमुलक बनाउने उदेश्यले सुरक्षित आप्रवासन परियोजना(सामी)को साझेदार संस्था बालसेवा समाज नेपाल नेर्पाले आयोजना गरेको कार्यक्रमका सहिभागिहरुले वैदेशिक रोजगारीबाट भित्रिएको रेमिट्यान्सले गरिबी न्युनिकरण अर्थात देशको आर्थिक बिकासमा महत्वपूर्ण योगदान पु¥याएको धारणा राखे गाउँ कार्यपालिकाका निर्वाचित जनप्रतिनिधि तथा कर्मचारी, परियोजना सम्बद्घ संस्थाका पदाधिकारी एवम कर्मचारी, पत्रकार लगायतबीचमा सम्पन्न अन्र्तक्रियामा बिना सीप, तालिम तथा बिना प्रक्रिया वैदेशिक रोजगारीमा जाँदा युवाहरु असुरक्षित हुने सहभागिहरुको भनाई थियो

सुरक्षित वैदेशिक रोजगारीको क्षेत्रमा चालु आर्थिक बर्षमा कार्यक्रम छुटे पनि आगामी आर्थिक बर्षमा प्राथमिकताका साथ कार्यक्रमको योजना बनाईने गाउँपालिकाका अध्यक्ष  अर्जुनकुमार खड्काले प्रतिबद्घता जनाए अध्यक्ष खड्काले यथासम्भव यो आर्थिक बर्षमा पनि यस क्षेत्रमा पालिकाले काम गर्न प्रयत्न गर्ने बताए गाउँसभामा अर्थात समयमै प्रस्ताव नआएकाले यस आर्थिक बर्षमा सुरक्षित वैदेशिक रोजगारीको क्षेत्रलाई प्राथमिकताका कार्यक्रम सञ्चालन गर्न नसकिए पनि यो बिषय सकरात्मक भएकोले कार्यक्रम सञ्चालनमा कञ्जुस्याँईं नहुने कार्यपालिकाका जनप्रतिनिधिले धारणा राखेका छन्

वैदेशिक रोजगारीलाई चाहेर पनि रोक्न नसकिने स्थिती भएकोले बिकल्प भनेको उचित ब्यवस्थापन दीगो आयमुलक ब्यवसायमा रेमिट्यान्स लगानी नै भएको सुरक्षित आप्रवासन परियोजना सामीका जिल्ला संयोजक भक्तकुमार राईले बताए

वैदेशिक रोजगारीका कारण बिभिन्न किसिमको सामाजिक समस्याहरु उत्पन्न हुने गरेको पनि संयोजक राईको भनाई थियो वैदेशिक रोजगारीको कारण महिलामा कामको बोझ हुने, अर्मपर्म गर्दा समेत लाञ्छना लाग्ने, पारिवारिक तनाव उत्पन्न, बालबच्चाको भविष्यमा असर, पारिवारिक बिखण्डन, आत्महत्या जस्ता डरलाग्दो परिस्थितीहरु समाजमा उत्पन्न भईरहेको उनको भनाई थियो

गाउँपालिकाबाट वैदेशिक रोजगारीमा गएका तथा जान तयार कामदारलाई सुरक्षित बनाउँदै उनीहरुको वैदेशिक रोजगारीलाई उपलब्धीमुलक बनाउने उदेश्यले आयोजना गरिएको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष अर्जुनकुमार खड्का तथा उपाध्यक्ष सरिता खड्का लगायतको सहभागिता थियो अन्तरक्रियामा जिल्लामा वैदेशिक रोजगारको अवस्था, वैदेशिक रोजगारीबाट जिल्लामा आएको समस्या, भित्रिएको रेमिट्यान्स, वैदेशिक रोजगारीले समाजमा निम्त्याएको सकारात्मकनकारात्मक पक्ष, परियोजनाका साझेदार संस्थाहरुले गरेका काम पाएका उपलब्धी लगायतको प्रस्तुति छलफल गरिएको थियो

बालसेवा समाजका अध्यक्ष चन्द्रकला भुजेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा परियोजनाका बिद्यालय तथा आमसञ्चार कार्यक्रमका संयोजक ओजोनबाबु आचार्य नवकिरण सेवा समाज नेपाल दुर्छिमको साझेदारीमा सञ्चालित सूचना तथा परामर्श केन्द्रका अम्बिका दाहालले सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी प्रस्तुति राखेका थिए  

यो पनि पढ्नुहोस् ५० कोर्रा, दुई महिना जेल ९० लाख क्षतिपूर्ति

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: