जेटीयूसीसीको चौथो राष्ट्रिय सम्मेलन, कोनेप अध्यक्ष प्याकुरेल अध्यक्षमा चयन 

काठमाडौं,पुष १७ संयुक्त ट्रेड यूनियन समन्वय केन्द्रको चौथो राष्ट्रिय सम्मेलन सम्पन्न भएको सम्मेलनले पेशागत महासंघ नेपाल(कोनेप) का अध्यक्ष विश्वनाथ प्याकुरेलको अध्यक्षतामा नयाँ नेतृत्व समेत चयन गरेको सम्मेलनको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गरेका थिए

सम्मेलनले पारीत नयाँ श्रम ऐन अनुसार यथाशिघ्र श्रम सल्लाहकार परिषद गठन गर्न श्रम ऐन सामाजिक सुरक्षा ऐनको पूर्ण कार्यान्वयनका लागि नियमावलीहरु त्यार पार्न माग गरेको यसैगरी सम्मेलनले श्रम ऐनसँग बाझिने, श्रमिक अधिकार संकुचन गर्ने खालका ऐनको व्यवस्था बाझिएको हदसम्म खारेज गर्न माग गरेको श्रमिकको न्यूनतम ज्यालामा कम्तीमा पनि हजार बृद्धि गर्न, श्रम आयोगको गठन गर्न पनि सम्मेलने माग गरेको  

सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले आफू श्रमिकको न्यूनतम पारिश्रमिक मासिक रु. १५ हजार बनाउनु पर्ने मान्यतामा रहेको बताउनुभयो उहाँले श्रमिकको कमाइले एउटा सानो परिवारको जीविकोपार्जन हुनुपर्ने भन्दै त्यसका लागि सरकार कटिवद्ध रहेको जानकारी गराए प्रधानमन्त्री देउवाले आफू नेतृत्वको सरकारले संसदबाट सामाजिक सुरक्षा ऐन श्रम ऐन पारीत गराएको स्मरण गर्दै श्रमिकको समुन्नत जीवनका लागि नेपाली काँग्रेस सदैव प्रतिवद्ध रहेको जनाए

सम्मेलनको उद्घाटन सत्रमा बोल्दै नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट)का अध्यक्ष विष्णु रिमालले हालको ज्याला श्रमिकका लागि जीवनयापनका लागि समेत पर्याप्त नभएको भन्दै त्यसमा ठूलो सुधारको खाँचो औंल्याए श्रम ऐन सामाजिक सुरक्षा ऐन जारी हुनु महत्वपूर्ण उपलव्धी भएको भन्दै अध्यक्ष रिमालले अव त्यसको प्रभावकारी कार्यान्वयनका लागि जुटनु आवश्यक भएको धारणा राखे

यसैगरी नेपाल ट्रेड यूनियन काँग्रेसका अध्यक्ष खिलानाथ दाहालले श्रम ऐन, सामाजिक सुरक्षा ऐन तथा संविधानले नै श्रमिकका पक्षमा धेरै महत्वपूर्ण व्यवस्था गरेको भन्दै अझै पनि केहि विषय समेटिन आवश्यक रहेको बताए

कोनेप अध्यक्ष विश्वनाथ प्याकुरेलले हिजो विभिन्न टुक्रामा विभाजित ट्रेड यूनियनहरु श्रमिकका साझा मुद्धामा एक भएपछि धेरै उपलव्धी हासिल भएको बताए श्रमिकका संगठनहरु एक भएर सकृय भएकै कारण संविधानमा श्रमिक पक्षिय धेरै विषय पार्न सफलता मिलेको भन्दै श्रम ऐन सामाजिक सुरक्षा ऐन यूनियनहरुकै प्रयत्नका कारण जारी भएको बताए  

सो अवशरमा अखिल नेपाल ट्रेड यूनियन महासंघका कार्यवाहक अध्यक्ष गणेश रेग्मी, ट्रेड यूनियनका नेताहरु ईन्द्रदेव मिश्र, पल्टन ठाकुर लगायतले मन्तव्य व्यक्त गरेका थिए  

यो पनि पढ्नुहोस् थानेश्वर भुषालको उद्धारमा लाख हजार थपियो

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: