५० कोर्रा, दुई महिना जेल र ९० लाख क्षतिपूर्ति

काठमाडौँ – माई नगरपालिका–४, इलामकी ३० बर्षिया सरिता राई १७ महिना काखे छोरा र ७ बर्षकी छोरी लिएर काठमाडौंमा कुदिरहेकी छिन् । साउदी अरवको मालिस जेलमा थुनिएका आफ्ना ३१ बर्षिय श्रीमान् प्रेमबहादुर राईलाई छुटाउन सकिन्छ कि भनेर उनी काठमाडौंस्थित परराष्ट्र र श्रम मन्त्रालयको ढोका ढकढकाइरहेकी छिन्। यो खवर कान्तिपुर दैनिकमा छ ।

प्रेमबहादुरलाई साउदी अरवको जेलमा थुनिएपछि उनको मन स्थिर छैन। कम्पनीलाई प्रेमले ३ लाख १० हजार रियाल ९झन्डै ९० हजार रुपैयाँ० भुक्तानी गरेपछिमात्रै जेलवाट छुटने छन्।

उहाँ निर्दोष छु भन्दै रुनुहुन्छ,’ उनी भन्छिन्, ‘इलाममा पुख्र्यौली जग्गा बेचेर त्यत्रो रकम आउँदैन। मलाई दैनिक घरको खर्च चलाउन नै मुस्किल छ। त्यत्रो रकम कहाँबाट ल्याउने ?’

प्रेम सन् २०१२ देखि साउदीस्थित अल सल्वावी इन्टरनेसनल होल्डिङ कन्ट्रक्टिङ कम्पनीमा चालकको काम गर्दै आएका थिए। विदाबाट फर्केको साढे दुई महिनापछि २०१६ मार्च ३१ मा तामाको तार लोड भएको गाडी चोरी राजधानी रियादको जनद्रियाबाट हराएको थियो। ‘सामान पुर्‍याउने कम्पनी वन्द भइसकेको थियो। सडक छेउमा गाडी राखेर साथीको कोठामा खाना खाएर फर्कंदा गाडी देखिन। नदेख्ने वित्तिकै कम्पनीका म्यानेजर र प्रहरीलाई खबर गरें’ प्रेमले अदालतसमक्ष वयानमा भनेका छन्, ‘म पूर्ण रुपमा निर्दोष छु।’

गाडी हराएको दुई दिनपछि अगाडिको सिसा फारिएको अवस्थामा रित्तो ट्रक जनद्रियाबाट १० किमी टाढा फेला परेको प्रहरी रिपोर्टमा उल्लेख छ। कम्पनीले आफूहरूले निर्देशन दिएको बाटो बदलेको र १३ घण्टा रोडमा बिताएको भन्दै चालक दोषी रहेको दावी गरी अदालतमा क्षतिपुर्ति दावी गरेको थियो।

सार्वजनिक अदालतका न्यायाधीश इव्राहिम विन सिड विन अली अल–अस्करको इजलासले चालकले सामानको मूल्य तिर्नुपर्ने फैसला गरेको हो। सार्वजनिक कानुन अनुसार प्रेमले दुई महिना जेल र ५० कोर्रा भुक्तान गरिसकेका छन्।  

यो पनि पढ्नुहोस् थानेश्वर भुषालको उद्धारमा २ लाख ४ हजार थपियो

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: