
काठमाडौं, पुष १६-
दक्षिण अफ्रिकाको जोहानेसवर्गमा आकर्षक रोजगारीमा लगाइदिने प्रलोभनमा प्रतिव्यक्ति ७ लाख उठाएर अफ्रिका पुर्याई अलपत्र पार्ने एक दलाललाई प्रहरीले पक्राउ गरेको छ । विभिन्न व्यक्तिसँग रकम उठाएर अलपत्र पार्ने चित्रप्रसाद ढुँगेल मानव बेचविखनको अभियोगमा पक्राउ परेका हुन् ।
काठमाडौं कलंकीमा करियर हव नामको कन्सल्टेन्सी सञ्चालन गर्ने ढुँगेलले ति व्यक्तिहरुसँग रकम उठाएपश्चात उनीहरुलाई दक्षिण अफ्रिका पुर्याएर विना पारिश्रमिक काममा लगाएका थिए । उनले उल्टैै मानसिक र शारिरीक यातना दिएको र अलपत्र परेपछि भागेर नेपाल आइपुगेपछि पनि ढुँगेलले धम्क्याउने काम गरेको भन्दै पीडितहरुले प्रहरीमा उजुरी दिएका थिए । सोेही उजुरीका आधारमा ढुँगेललाई शनिवार काठमाडौंबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । अदालतबाट ७ दिनको म्याद थपृर अनुसन्धान भइरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले जानकारी दिएको छ ।
यो पनि पढ्नुहोस् श्रमिकको न्यूनतम ज्याला १५ हजार बनाउनुपर्छः प्रधानमन्त्री