
काठमाडौं, पुष १५-
नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार शनिवार कतारी रियालको खरिदर २७ रुपैंयाँ ९९ पैसा र विक्रि दर २८ रुपैंयाँ १५ पैसा रहेको छ । युएई दिरहमको खरिददर २७ रुपैंयाँ ७४ पैसा छ भनें विक्रि दर २७ रुपैंयाँ ९० पैसा छ ।
यसैगरी साउदी रियालको खरिददर २७ रुपैंया १७ पैसा छ भनें विक्रि दर २७ रुपैंयाँ ३३ पैसा छ । मलेसियन रिंगिटको खरिद दर २५ रुपैंयाँ १८पैसा छ भनें विक्रि दर २५ रुपैंयाँ ३३ पैसा छ । कुनै समयमा ३० रुपैंया भन्दा माथि रहेको रिंगिट घटेर २३ मा आइपुगेको थियो । पुनः रिंगिटको मूल्य बृद्धि भएर २५ को हाराहारीमा छ ।
कुवेती दिनारको खरिददर ३३७ रुपैंया ६४ पैसा छ भनें विक्रि दर ३३९ रुपैंयाँ ६३ पैसा छ । बहराइन दिनारको खरिददर २७० रुपैंयाँ २६ पैसा छ भनें विक्रि दर २७१ रुपैंयाँ ८५ पैसा छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।
यो पनि पढ्नुहोस युएईलाई नेपालद्धारा ट्राञ्जिटमा कडाई गरिदिन आग्रह, श्रम सम्झौताको तयारी