म्यानपावर कम्पनीको धरौटीबाट काटेर अलपत्र कामदारको उद्धारका लागि रकम पठाइयो 

काठमाडौं, पुष १३-

साउदी अरवमा अलपत्र परेका चारजना कामदारको उद्धार गर्न बैदेशिक रोजगार विभागले उनीहरुलाई रोजगारीका लागि पठाउने सम्वद्ध म्यानपावर कम्पनीको धरौटीबाट रकम कट्टा गरि दूतावासलाई रकम पठाएको छ । सम्झौता अगावै स्वदेश फर्किनु पर्ने भएपछि कम्पनीलाई तिर्नुपर्ने हर्जाना रकम तिर्न त्यसरी रकम पठाइएको हो ।

रोजगारीका लागि साउदी अरव पुगेका निरज थारु, रामसाजन हरिजन, नेत्रप्रसाद घिमिरे र रामश्रेष्ठ मण्डल धानुकको उद्धारका लागि एचगल्फ हुमन रिसोर्स म्यानपावर कम्पनीको धरौटीबाट रकम काटेर पठाइएको विभागका प्रवक्ता मोहन अधिकारीले बताए । अधिकारीका अनुसार रकम साउदी स्थीत दूतावासलाई पठाइएको छ ।  

नेपालमा प्रतिवद्धता जनाए अनुसारको तलव र रोजगारी समेत नभएका उनीहरुले आफूहरुलाई फिर्ता गरिदिन आग्रह गर्दै साउदीस्थीत दूतावासमा निवेदन दिएका थिए । उनीहरुलाई सम्वन्धित म्यानपावर कम्पनीले स्वदेश फिर्ता नगरेपछि  धरौटी रकमबाट कट्टा गरेर उद्धारका लागि आवश्यक रकम पठाइएको हो । सम्झौता अवधि हुँदै फर्किनु पर्ने भएकाले उनीहरुले कम्पनीलाई तिर्नु पर्ने ५ लाख ५५ हजार रुपैयाँ एचगल्फ म्यानपावरको धरौटीबाट दूतावासमा पठाइएको हो । उनीहरुको स्वदेश फर्किने टिकट भने आफैं व्यवस्था गर्ने म्यानपावर कम्पनीले जनाएको विभागले जनाएको छ ।

 

यो पनि पढ्नुहोस विदेशमा काम गर्ने नेपालीलाई सुरक्षित बनाउन सरकार नै गम्भीर हुनुपर्नेमा जोड

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: