बैदेशिक रोजगारमा जानेहरुलाई लक्षित गर्दै बीमा

काठमाडौं, पुष १३-

प्रभु लाइफ इन्स्योरेन्सले वैदेशिक रोजगारीमा जानेहरुका लागि (म्यादी) जीवन बीमा सुरु गरेको छ। कम्पनीका अध्यक्ष रामबहादुर पाण्डेले जीवन बीमाको सुरुवात गरे।

उनले वैदेशिक रोजगारीमा जानेहरुका लागि प्रभावकारी सेवा दिने प्रतिवद्धता जनाए। वैदेशिक रोजगारीमा जानेहरुलार्इ सहज रुपमा बीमा गर्न कम्पनी सबै प्रतिवद्ध ,उनले भने,हामी सेवालार्इ उच्च प्राथमिकता राखेर बीमा गर्नेछौं। पाण्डेले देशैभरि शाखा सञ्जाल पुर्याएर जीवन बीमाको हिस्सा बढाउने बताए।

कार्यक्रममा प्रभु बैंककी संचालक अम्बिका शर्माले जीवन बीमा गर्ने नेपालीको संख्या न्यून रहेको बताउँदै सेवाभाव राखेर कम्पनीले आफ्ना बीमा योजना कार्यान्वयनमा ल्याउन आग्रह गरिन् । 

यो पनि पढ्नुहोस् घट्यो हुण्डीको कारोवार, वैधानिक माध्यमबाट पैसा पठाउने बढे

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय