‘युवालाई खाडी जान बाध्य नबनाउ’

 

काठमाडौं, पुष १२

श्रम तथा रोजगार राज्यमन्त्री डिल्लीबहादुर चौधरीले युवालाई स्वदेशमा नै बसेर रोजगारी गर्ने वातावरण निर्माण गर्न आवश्यक रहेको बताएका छन् उनले यसका लागि स्वदेशमा नै धेरै भन्दा धेरै कलकारखाना खोल्न जरुरी रहेको बताए

संयुक्त ट्रेड युनियन समन्वय केन्द्र(जेटीसूसीसी) को युवा भेलाको उद्घाटन गर्दै राज्यमन्त्री चौधरीले नीजि क्षेत्रले रोजगारी प्रवद्र्धनको क्षेत्रमा केहि काम गरिरहेको भन्दै यसमा सरकारले पहल गर्नुपर्ने बताए

सो अवशरमा बोल्दै जेटीयूसीसीका अध्यक्ष गणेश रेग्मीले प्राप्त अधिकारलाई कार्यान्वयन गर्न थप अधिकार प्राप्तीका लागि एकतावद्ध भएर अगाडी बढ्न आवश्यक रहेको बताए उनले व्यवसायी तथा सरकारसँग लड्न नेपालका ट्रेड यूनियनहरुले संयुक्त मञ्च बनाएर गरेको काम विश्वकै लागि उदाहरणीय भएको धारणा राखे कुनै पनि नाममा ट्रेड यूनियनहरु विभाजित, खण्डित हुन नहुने भन्दै रेग्मीले स्थीरताको पक्षमा वकालत गर्न सवैलाई आग्रह गरे

जेटीयूसीसीका पूर्व अध्यक्ष समेत रहेका नेपाल ट्रेड यूनियन काँग्रेसका अध्यक्ष खीलानाथ दाहालले युवा परिवर्तनका सम्वाहक भएको भन्दै उनीहरुले सामाजिक, आर्थिक राजनीतिक परिवर्तनमा धेरैठूलो भूमिका खेल्ने बताए उनले नेपाली युवाले सीप सिक्दै अझ प्रतिस्पर्धी हुन जरुरी रहेको धारणा राखे    

सो अवशरमा बोल्दै जिफन्टका महासचिव विष्णु लम्सालले सरकार सञ्चालन गर्नेहरुको ध्यान स्वदेशमा नै रोजगारी सिर्जना गर्नेतर्फ कम पुगिरहेको बताए राणाकालिन संरचनामा बसेर राज्य सञ्चालन गर्नेहरुको सोचाई समेत फेरिन नसकेको भन्दै महासचिव लम्सालले भएका उद्योग कलकाराखाना समेत नीजिकरणको नाममा सिध्याइएका कारण युवा बाध्य भएर रोजगारीका लागि बाहिरइरहेको धारणा राखे उनले राष्ट्रवादको भावना बलियो हुनुपर्नेमा जोड दिंदै युवाले नै भविष्यको ट्रेड यूनियन आन्दोलनलाई शसक्त बनाएर लैजाने बताए

सो अवशरमा बोल्दै पेशागत महासंघ नेपाल(कोनेप) का अध्यक्ष विश्वनाथ प्याकुरेलले लाखौं युवा रोजगारीको खोजिमा खाडी जान बाध्य भएको भन्दै त्यसलाई अन्त्य गर्नुपर्ने धारणा राखे उनले सरकारले रोजगारी सिर्जना गर्न नसकेका कारण यो समस्या आइपरेको भन्दै यसको अन्त्य हुनुपर्ने बताए  

यो पनि पढ्नुहोस् मलेसिया पुनः नं गन्तव्य

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: