
काठमाडौं, पुष ११-
श्रम तथा रोजगार मन्त्रालयले कुवेतमा समस्यामा फसेका नेपालीको जरिवाना सम्वन्धित कम्पनीले नैे तिर्ने व्यवस्थाका लागि कुटनीतिक पहल गर्न परराष्ट मन्त्रालयलाई अनुरोध गरेको छ । श्रमले परराष्टलाई पत्र पठाउँदै त्यस्तो व्यवस्थाका लागि पहल गर्न कुवेतस्थीत नेपाली दूतावासलाई निर्देशन दिन अनुरोध गरेको हो ।
सो घटनामा नेपाली कामदारको कुनै गल्ती नभएको भन्दै जरिवाना वापत लाग्ने रकम सम्वन्धित कम्पनीले नै तिर्नुपर्ने श्रम मन्त्रालयको जिकिर छ ।
यसैगरी नेपाली कामदारलाई नेपाल फर्काएपछि उनीहरुले पाउन बाँकी रकम सम्वन्धित कम्पनीबाट दिलाइदिन कुटनीतिक पहल गर्न परराष्ट मन्त्रालयलाई अनुरोध गरेको छ । पत्रमा समस्यामा फसाइएका नेपाली कामदारलाई स्वदेश फर्काइएपछि उनीहरुले पाउन बाँकी तलव, भत्ता लगायत अन्य सुविधा उपलव्ध गराउन पहल गर्न आग्रह गरिएको छ ।
कुवेतको खराफी नेशनल कम्पनीका लागि कार्यरत नेपाली कम्पनी आर्थिक समस्यामा फसेपछि ७ महिनायता तलव नपाएर अप्ठ्यारोमा फसेका छन् । यसैगरी उनीहरुको आवाशिय अनुमति नविकरण नगरिदिएका कारण उनीहरुले स्वदेश फर्किन समेत ठूलो रकम जरिवाना तिर्नुपर्ने भएपछि समस्यामा परेका छन् ।
यो पनि पढ्नुहोस् भिजिट भिषाः चलिरहेकै छ दलालको कमाइ