
काठमाडौं, पुष ११-
नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार मंगलवार कतारी रियालको खरिदर २८ रुपैंयाँ ६ पैसा र विक्रि दर २८ रुपैंयाँ २२ पैसा रहेको छ । युएई दिरहमको खरिददर २७ रुपैंयाँ ८२ पैसा छ भनें विक्रि दर २७ रुपैंयाँ ९९ पैसा छ ।
यसैगरी साउदी रियालको खरिददर २७ रुपैंया २५ पैसा छ भनें विक्रि दर २७ रुपैंयाँ ४१ पैसा छ । मलेसियन रिंगिटको खरिद दर २५ रुपैंयाँ ५ पैसा छ भनें विक्रि दर २५ रुपैंयाँ २० पैसा छ । कुनै समयमा ३० रुपैंया भन्दा माथि रहेको रिंगिट घटेर २३ मा आइपुगेको थियो । २५ रुपैंयाँ भन्दा माथि पुगेर लामो समयदेखि स्थीर भएको रिंगिट पुनः २५ बाट तल ओर्लने स्थीति छ । यो धेरै नेपालीका लागि खुशीको सन्देश होइन ।
कुवेती दिनारको खरिददर ३३८ रुपैंया ४० पैसा छ भनें विक्रि दर ३४० रुपैंयाँ ३९ पैसा छ । बहराइन दिनारको खरिददर २७१ रुपैंयाँ छ भनें विक्रि दर २७२ रुपैंयाँ ५९ पैसा छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।
यो पनि पढ्नुहोस् बैदेशिक रोजगारीबाट फर्केर सगरमाथाको चुचुरोमा