बैदेशिक रोजगारीबाट फर्केर सगरमाथाको चुचुरोमा

काठमाडौं, पुष १०-

गाउँमा छोराछोरीलाई उति पढाउने चलन थिएन अझ छोरीलाई पढ्न भन्दा काम सिक्न नै दवाव थियो भारतमा गएर घरेलु कामदारका रुपमा  काम गर्दै कमाएर पैसा घर पठाउने चलनका बीच हुर्किंदै गरेकी सिन्धुपाल्चोककी कान्छिमाया तामाङले जिद्धि गरेर नै एसएलसीसम्म पढिन्

तर त्यसमाथि पढ्ने ठाउँ थिएन गाउँमा उनी सानै हुँदा देखि नै उनका दिदी, दाजुहरु भारतमा काम गर्थे त्यहि पदचाप पछ्याउँदै सन् २००७ मा कान्छिमाया पनि पुगिन् भारत रोजगारीमा लागिन् दिदी दाजुकी कान्छि बहिनी कान्छिमायाले त्यसरी नै बर्ष भारतमा काम गरिन् घरेलु कामदार भएर । भारु हजार तलव पाउँथिन् उनी

तर भारतको रोजगारीले मन कुँढ्यायो उनको । उनीहरु हामीलाई मान्छे नै ठान्दैनथे” कान्छिमाया भारतमा आफू काम गर्न बसेको घरका मान्छेको व्यवहार सम्झिन्छन् उनीहरुलाई छोइयो भनें पनि रिसाउँथे गाली गर्दथे, त्यसैले मलाई त्यसरी हेपिएर बस्न मन लागेन

सन् २०१० मा उनी भारतबाट नै ईजिप्ट लागिन् । उनी काम गर्न पुगेको परिवार असल थियो हुन उनले विहान बजेदेखि राती बजेसम्म पनि काम गर्नुपर्दथ्यो तर रोजगारदाताको राम्रो व्यवहार उचित पारिश्रमिकले उनलाई त्यहाँको रोजगारीमा बेखुशी हुनुपर्ने कारण केहि थिएन ईजिप्टमा अरुले गर्नु परेको दुःख देख्दा उनको काम सजिलो नै थियो  काम गर्न फूर्तिला हुन्छन् भनेर ईजिप्टमा घरेलु काममा नेपाली युवतीहरु निक्कै रुचाइएका थिए उनले यसरी नै बर्ष विताइन् केहि नेपाली महिलाको उद्धारको काम पनि गर्न भ्याइन् उनले

नेपाल फर्केपछि उनलाई केहि गरौं भन्ने हुटहुटी लागिरह्यो हिमाल आरोहणको रुचि पहिले देखि नै थियो उनलाई सगरमाथाको टुप्पोमा पुगेर महिला समान छन्, अवशर देउ’ भन्ने आवाज उठाउन मन थियो अनी आफ्नो गृह जिल्ला सिन्धुपाल्चोक चेलिबेटी बेचविखनमा बदनाम भएको देखेकी उनलाई आफ्नो जिल्लाको ईज्जत बढाउने दृढ ईच्छा पनि त्यसैले हिमाल आरोहणको लक्ष्य बनाइन् कान्छिमायाले

उनले हिमाल आरोहणमा नाम कमाईसकेका कीर्तिमानी आरोही पेम्वा दोर्जे शेर्पालाई भेटिन् जसले उनलाई सघाउने वचन दिए बैदेशिक रोजगारीका क्रममा भारतमा तीन बर्ष ईजिप्टमा बर्ष विताएर फर्केकी कान्छिमायाको अव बाटो मोडियो

सन् २०१६ को अक्टोवरमा मेरापिकको सफल आरोहण गरेकी कान्छिमायाले २०१७ को मे महिनामा सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पाइला टेकिन् यो उनले कल्पना गरेको उच्चतम कुरा थियो  

  जना महिला सर्वोच्चको शिखर टेक्ने लक्ष्यमा

कान्छिमाया सहितको टोलीमा अहिले जना महिला छन् जो आगामी बर्ष सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुग्ने लक्ष्यमा छन् टोलीकी एक सदस्य छोकी शेर्पा(दोलखा) पनि बैदेशिक रोजगारीबाट फर्केकी हुन् उनी दक्षिण कोरियामा रोजगारी गरेर फर्केकी हुन् यहि समुहमा छिन् दावा दिक्की शेर्पा(दोलखा) जसका श्रीमान् यसअघि सगरमाथा आरोहणकै क्रममा ज्यान गुमाउन पुगे । 

यसैगरी लाक्पा याङजी शेर्पा(सोलु), पासाङ ल्हामू शेर्पा(सोलु), शर्मिला लामा(काभ्रे), याङदी शेर्पा(सोलु) सहित जना महिलाको समुह अहिले सगरमाथा आरोहण तयारीको क्रममा जुटिरहको यो समुहले हजार सय ३० मिटर अग्लो रामदुङ शिखर आरोहण गरिसकेको

हिमाल आरोहण किन ? कान्छिमाया भन्छिन् “हामी महिला पनि साहसिक काम गर्न सक्छौं पर्यटनमा हाम्रो पनि भविष्य भनेर स्थापित गर्न यो अभियान हो ।” स्वदेशमा रोजगारी नपाएर नै विदेश जानुपर्ने बाध्यता हुने भएकाले पर्यटन क्षेत्रमा रोजगारी बृद्धिका लागि प्रयास गर्न पनि आफूहरु अहिले हिमाल आरोहणमा जुटेको उनी बताउँछिन् यो महिला शसक्तिकरणका लागि पनि कोशेढुँगा हुनसक्ने उनी बताउँछिन्

कान्छिमायालाई बैदेशिक रोजगारीबाट फर्केर आएका महिलाहरुको संस्था पौरखी नेपालले आफ्नो सद्भावना राजदूत समेत बनाएको उनलाई गतहप्ता अन्तरष्ट्रिय आप्रवासी कामदार दिवसको अवशरमा पौरखीद्धारा आयोजित एक कार्यक्रमका बीच सफल आरोहणको शुभकामना सहित राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदीप पाठकले खादा लगाएर सम्मान गरे       

यो पनि पढ्नुहोस् विदेशमा हराएको श्रीमानलाई पर्खिंदै

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय