‘विदेश जाँदा यति धेरै कुरा थाहा पाएर पो जानु पर्ने रहेछ’

 

मोरङ, पुष ९-

अन्तराष्ट्रिय आप्रवासी कामदार दिवसको सन्दर्भमा ‘आप्रवासन महिला’ विषयक नगरस्तरीय अन्तरकृया सम्पन्न भएको वैदेसिक रोजगारबाट फर्केर आएकाहरुको सञ्जालको आयोजना तथा ओरेक नेपालको सहयोगमा उर्लावारी नगरपालिकामा सो कार्यक्रम आयोजना भएको हो

सो अवशरमा आप्रवासी कामदार दिवसको सन्दर्भ महिलासँग जोडिएका विषयका बारेमा ओरेक नेपालका तर्फबाट शोभा बजगाईंले प्रष्ट पारिन् । कार्यक्रमकी प्रमुख अतिथी उर्लावारी बहुमुखि क्याम्पसकी उपप्रध्यापक भिष्म कुमारी रेग्मीले विकास भनेको भौतिक पूर्वाधारको विकास मात्र नभई सामाजिक रुपान्तरण महत्वपुर्ण भएको बताएन् उनले यसका लागि नगरपालिकाले कार्यक्रम तथा योजना निर्माण गर्नुपर्ने भन्दै त्यसका लागि जनप्रतिनिधिको मुख्य भूमिका हुने धारणा राखिन् । 

सो अवशरमा उर्लावारी नगरपालीका वडा कि वडा सदस्य श्री देविकला राई तथा दलित महिला सदस्य श्री राम कुमारी विकले नगरपालिकाको तर्फबाट आप्रवासन महिला शसक्तिकरणको शिर्षकमा बजेट विनियोजनका विषयमा आफूहरु आगामी दिनमा संवेदनशिल हुने प्रतिवद्धता जनाए

यसैगरि छलफलको क्रममा सहभागिको तर्फबाट मनमाया धिमालले वैदेसिक रोजगारमा जाँदा यति धेरै सावधानी अपनाउनु पर्ने रहेछ भन्ने कुरा बल्ल थाहा पाएको बताइन् उनले आफ्नो श्रीमान हाल बैदेशिक रोजगारको क्रममा भएपनि आफूलाई कागजातको महत्व लगायतका बारेमा पहिले थाहा नभएको कार्यक्रम पश्चात यस बारेमा बुझेको बताइन्  

यसैबीच सोही दिवसको सन्दर्भमा आप्रवासन युवा विषयक गाउँपालिकास्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको कानेपोखरी गाउँपालिकामा आयोजित सो कार्यक्रममा पनि ओरेक नेपालकी शोभा बजगाईंले आप्रवासन युवाका विषयमा अवगत गराइन्

सो अवशरमा प्रमुख अतिथिका रुपमा बोल्दै वडा अध्यक्ष तथा कानेपोखरी गाउँपालिकाका प्रवत्ता सुशील बुढाथोकीले आप्रवासनको विषयलाई गाउँपालिकाले प्राथमकिता दिएर आरके नेपालसँग मिलेर  काम गर्ने बताए उनले वैदेसिक रोजगारीमा जाने व्यक्ति तिनिहरुका परिवारले यसका बारेमा धेरै कुरा बुझ्न आवश्यक रहेको बताए

यसैगरी इलाका प्रहरी कार्यालय, रमाइलोका प्रमुख हरीनाारणण राजवंशीले वैदेसिक रोजगार केन्द्रित मुद्दाहरु धेरै नआउने गरेको बताए उनले ठगिमा परेका महिलाहरुले खुलेर आफ्ना सवालहरु राख्नसक्ने अवस्था पनि नभएकोले झन ठगिमा परिरहेको धारणा राखे  

यो पनि पढ्नुहोस् अवैधानिक रुपमा बसिरहेका कामदार पक्राउ तिव्र, केहि रोजगारदाताहरु पनि समातिए

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय