
विन्देश तामाङ, रियाद, पुष ९-
साउदी अरवमा अवैधानिक रुपमा बसेर काम गरिरहेका आप्रवासी कामदारको खोजि र पक्राउ अभियान प्रहरीले तिव्र बनाएको छ । अवैधानिक रुपमा बसिरहेकाहरुलाई सहजै स्वदेश फर्किन दिइएको तीन महिना लामो आममाफी पछि प्रहरीले खोजि र पक्राउ अभियान तिव्र बनाएको हो ।
पछिल्लो ५ हप्तामा साउदी प्रहरीले २ लाख ५३ हजार ८६ व्यक्तिलाई पक्राउ गरेको स्थानीय सञ्चार माध्यमहरुले समाचार लेखेका छन् । अवैधानिक रुपमा बस्ने कामदारविहिन मुलुक बनाउने भन्दै सुरु गरिएको यो अभियान गत नोभेम्वर १५ देखि प्रहरीले चलाइरहेको छ । साउदी प्रेस एजेन्सीका अनुसार यसक्रममा त्यसरी अवैधानिक कामदार राख्ने ५ सय ३३ जना रोजगारदाताहरु समेत पक्राउ परेका छन् ।
यसरी पक्राउ परेकाहरुलाई निश्चित जरिवाना तिरेर स्वदेश फर्काउनका लागि सम्वन्धित मुलुकका दूतावासहरुलाई जानकारी गराइसकिएको प्रहरीलाई उधृत गर्दै समाचारमा जनाइएको छ । यसैगरी केहिलाई भनें स्वदेश फर्काइसकिएको जनाइएको छ ।
यो पनि पढ्नुहोस् सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालको नयाँ नेतृत्व