काठमाडौं, पुष ९-
सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालको नयाँ नेतृत्व चयन भएको छ । सुरक्षित बैदेशिक रोजगारको क्षेत्रमा कृयाशिल संस्थाहरु सम्मिलत सञ्जालको ५ औं अधिवेशनले प्रवासी नेपाली समन्वय समिति(पिएनसीसी) को अध्यक्षतामा नयाँ नेतृत्व सर्वसम्मत रुपमा चयन गरेको हो ।
सञ्जालको अध्यक्षमा पिएनसीसी(कुलप्रसाद कार्की), उपाध्यक्षमा युवा कार्य नेपाल(अशोक राना), महासचिवमा सहयोगी समाज (हरि थापा) र कोषाध्यक्षमा सकृय समाज(विष्णु घिमिरे) चयन भए । यसैगरी कार्यसमिति सदस्यहरुमा क्लास नेपाल(पर्शुराम पुडासैनी), एफडव्लुएलडी(पविता अधिकारी), पौरखी नेपाल(मञ्जु गुरुङ) र नीड्स(डा. गणेश गुरुङ), एडभोकेसी फोरम चयन भएका छन् ।
यसअघि अधिवेशनले महासचिव अशोक रानाले प्रस्तुत गरेको साँगठनीक प्रतिवेदन र कोषाध्यक्ष हरि थापाले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरेको थियो । अधिवेशन उद्घाटन सत्रमा बोल्दै सञ्जालका अध्यक्ष सिद्धिचन्द बरालले दुई बर्षभित्र महत्वपुर्ण काम भएको भन्दै सहयोग गर्ने सवैलाई धन्यवाद दिएका थिए ।
यो पनि पढ्नुहोस् बेचविखन नियन्त्रण गर्न र हराएका महिला खोज्न मोवाइल एप