बेचविखन नियन्त्रण गर्न र हराएका महिला खोज्न मोवाइल एप

 

काठमाडौं, पुष नेपालबाट बर्षेनी ११ हजारभन्दा बढी महिला भारतमा बेचिने गरेका छन् दलाल आफन्तबाटै समेत बेचिनेबाट जोगाउन बेचविखनमा परेकाहरुको उद्धार पुनस्र्थापनामा माइती नेपालले काम गर्दै आएको

यहि क्रममा माइती नेपालका स्वयंसेवकहरु अव प्रविधिले सुसज्जित हुने भएका छन् उनीहरु स्मार्ट फोन बोकेर हिँड्नेछन् सीमामा शंकास्पद ब्यक्तिलाई भेटे मोवाइलमा फोटो खिच्ने छन् त्यसरी खिचिएको फोटो माइती नेपालको केन्द्रीय सर्भरमा रहेका हजारौंको संख्यामा रेकर्ड गरिएका चेलिबेटी बेचविखनमा संलग्न अपराधिहरु, बेपत्ता भएका चेलिबेटी, बालबालिकालगायतको फोटोसँग मोवाइल एपले आफैं दाँज्ने यसरी कुनै दलाल वा हराएका महिलाको फोटोसँग भेटिएको ब्यक्तिको फोटो मिले एपले केही सकेन्डभित्रै जानकारी दिने त्यसपछि कारबाही प्रक्रिया अगाडि बढाउन एपले प्रहरीमा जानकारी दिने

यसमा सहयोग गरेका छन् झण्डै २२ बर्षदेखि अमेरिका बसेर सूचना प्रविधिका क्षेत्रमा काम गरिरहेका नेपाली युवा समिर पन्थीले अमेरिकामा बसेर अध्ययन गरिरहेका उनका दुईजना भारतीय साथीहरु स्वदेश फर्केर प्रविधिको विकासमा खटिइरहेका थिए उनीहरुले अनहार चिन्ने प्रविधि विकास गरेको पन्थीले थाहा पाए

त्यसपछि पन्थी ती साथीहरुलाई भेट्न भारत आए उनीहरुले विकास गरेको प्रविधि आर्टिफिसियल इन्टेलिजेन्सका रुपमा निकै उपयोगी लाग्यो पन्थीलाई उनले चेलिबेटी बेचविखन रोक्न सक्रिय रहेको माइती नेपाललाई यस्तो प्रविधि उपलब्ध गराउन सहयोग गर्न ती दुई भारतीयलाई प्रस्ताव गरे उनको प्रस्ताव स्वीकृत भएपछि उनीहरु माइती नेपालसँग कुरा गर्न नेपाल आए

प्रविधि निकै उपयोगी थियो यसपछि अमेरिकामा नाउ ट्राकइट कम्पनी चलाइरहेका पन्थीले आफ्नो कम्पनीका तर्फबाट उक्त प्रविधि भर्खरै माइती नेपाललाई हस्तान्तरण गरेका छन् अमेरिकामा सूचना प्रविधिका क्षेत्रमा विभिन्न प्रकारका एप, सफ्टवेयर डेभलप गर्दै आएका पन्थीले आर्टिफिसिएल इन्टेलिजेन्सको माध्यमद्वारा अनुहारको पहिचान गर्ने प्रविधि निःशुल्क बनाइदिएका हुन्  

खोजीनाम दिइएको यस एपको माध्यमले पीडित पिडकको पहिचान गरी पीडितको उद्धार गर्न अपराधीलाई कानूनको घेराभित्र ल्याएर दण्डीत गर्न सहज हुनेछ यस कार्यबाट सम्भावित पिडीतको अग्रिम बचाउ हुनका साथै पिडीतलाई पनि उद्धार गर्न सकिन्छ यस एपले हराएका बालबालिकालाई साथै बोल्न नसक्ने मानसिक रोगीहरुलाई पनि समस्याबाट मुक्ति दिलाउन मद्दत गर्ने पन्थीको दावी

नाउट्राकइट कम्पनीले माइती नेपालको नेपालभारत नाकामा रहेका आवधिक गृहका कर्मचारीहरुलाईखोजीमोवाइल एप इन्स्टल भएको मोवाइल फोन निःशुल्क उपलब्ध गराएको यसको प्रयोगबारे सम्बन्धित कर्मचारीहरुलाई तालिमसमेत प्रदान गरेको परम्परागत उजुरी गर्ने प्रक्रियालाई छोट्याउन तत्कालसबै ठाउँमा उजुरी पुर्याउन इन्ट्नेटमा आधारित रिपोर्टिङ पोर्टलसमेत कम्पनीले निशुल्क बनाइ दिने कम्पनीका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका पन्थीले बताए

माइती नेपालकी संस्थापक अनुराधा कोइराले हराएका चेली अपराधी पत्ता लगाउन खोजी एप निकै उपयोगी हुने बताइन्

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय