मानव बेचविखनमा संलग्न एक पक्राउ

काठमाडौं, पुष ६-

आकर्षक जागिरको प्रलोभनमा  नेपाली महिलालाई भारतमा बेच्ने एक व्यक्ति पक्राउ परेका छन् । नुवाकोटको दुप्चेश्वर गाउँपालिका१ का सुने भनिने सुनबहादुर तामाङ(४९ बर्ष) मानव तस्करीको अभियोगमा पक्राउ परेका हुन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) उनलाई नुवाकोटबाट पक्राउ गरेको हो ।

उनले ०७१ साल जेठमा काठमाडौंकी दुई जना महिलालाई राम्रो काम लगाइदिने भन्दै झुक्याएर नयाँदिल्लीको एक कोठीमा लगेर बेचेको अभियाग छ । 

उनीहरु त्यहाँबाट भागेर नेपाल आएका दुई जना महिलाले प्रहरी समक्ष उजुरी दिएका थिए ।

योे पनि पढ्नुहोस हुण्डीको कारोवारमा संलग्न १२ जना नेपाली सहित २६ जना पक्राउ

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय