मधुसुदन ओझा, सियोल, पुष ६-
कोरियाको ख्यङ्गि नामबु प्रहरी कार्यालयको अन्तरास्टिय अपराध अनुसन्धान विभागले हुण्डीको कारोबार गर्ने नेपाली सहित कोरियाली र चिनिया गरी २६ जनालाई पक्राउ गरेको छ । हुण्डी कारोवारमा सक्रिय गिरोह नै पक्राउ परेको कोरियाली सञ्चार माध्यमहरुले जनाएका छन् । समाचार अनुसार अन्र्तराष्ट्रिय अपराध अनुसन्धान विभागले ठूलो परिमाणको रकम सहित उनीहरु पक्राउ परेका हुन् ।
पक्राउ पर्नेहरुमा १२ जना नेपाली कोरिया मुलकका चिनिया नागरिक २ जना, चीनका नागरिक ११ जना र कोरियन नागरिक १ जना गरि जम्मा २६ जना रहेका छन् । उनीहरुलाई अनुसन्धानका लागि हिरासतमा राखिएको समाचारमा उल्लेख छ ।
प्रहरीको अनुसन्धानमा कोरियाली मुलकका चीनिया नागरिक सोन नामक व्यक्तिले सिओलको यङदोङफोस्थित मनी एक्सचेन्जको कारोबार गर्दै सन् २०१३ देखि हालसम्म ठूलो परिमाणको रकम हुण्डी मार्फत चीनमा पठाएको प्रमाणित भएको बताएको छ ।
हुण्डीको कारोबार गर्ने नेपालीहरुले चिनिया नागरिकहरुसंग मिलेर हुण्डीको रकम चीन मार्फत नेपाल भित्रिने गरेको समाचारमा उल्लेख छ ।
यो पनि पढ्नुहोस् जो जुटेका छन् ४२ लाख उठाउन
