के यो भन्दा बढ्ला रिंगिटको भाउ ? कति छ रियाल, दिराम र दिनारको मूल्य ?

 

काठमाडौं, पुष ६-

नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार बुधवार कतारी रियालको खरिदर २८ रुपैंयाँ ९ पैसा र विक्रि दर २८ रुपैंयाँ २६ पैसा रहेको छ । युएई दिरहमको खरिददर २७ रुपैंयाँ ८५ पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ १ पैसा छ ।

यसैगरी साउदी रियालको खरिददर २७ रुपैंया २७ पैसा छ भनें विक्रि दर २७ रुपैंयाँ ४३ पैसा छ । मलेसियन रिंगिटको खरिद दर २५ रुपैंयाँ ११ पैसा छ भनें विक्रि दर २५ रुपैंयाँ २५ पैसा छ । कुनै समयमा ३० रुपैंया भन्दा माथि रहेको रिंगिट घटेर २३ मा आइपुगेको थियो । लामो समयपछि रिंगिटको भाउ २५ रुपैंयाँ पुग्नु धेरै नेपालीका लागि खुशीको सन्देश हो ।

कुवेती दिनारको खरिददर ३३८ रुपैंया ६९ पैसा छ भनें विक्रि दर ३४० रुपैंयाँ ६८ पैसा छ । बहराइन दिनारको खरिददर २७१ रुपैंयाँ ३१ पैसा छ भनें विक्रि दर २७२ रुपैंयाँ ९० पैसा छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् । 

यो पनि पढ्नुहोस् मागपत्र दूतावासले प्रमाणिकरण गरेमा ९० प्रतिशत समस्या समाधान हुन्छनः पूर्व राजदूत पाण्डे

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय