
काठमाडौं, पुष ५-
नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार शुक्रवार कतारी रियालको खरिदर २८ रुपैंयाँ ५ पैसा र विक्रि दर २८ रुपैंयाँ २२ पैसा रहेको छ । युएई दिरहमको खरिददर २७ रुपैंयाँ ८१ पैसा छ भनें विक्रि दर २७ रुपैंयाँ ९८ पैसा छ ।
यसैगरी साउदी रियालको खरिददर २७ रुपैंया २४ पैसा छ भनें विक्रि दर २७ रुपैंयाँ ४० पैसा छ । मलेसियन रिंगिटको खरिद दर २५ रुपैंयाँ ४ पैसा छ भनें विक्रि दर २५ रुपैंयाँ १९ पैसा छ । कुनै समयमा ३० रुपैंया भन्दा माथि रहेको रिंगिट घटेर २३ मा आइपुगेको थियो । लामो समयपछि रिंगिटको भाउ २५ रुपैंयाँ पुग्नु धेरै नेपालीका लागि खुशीको सन्देश हो ।
कुवेती दिनारको खरिददर ३३८ रुपैंया २४ पैसा छ भनें विक्रि दर ३४० रुपैंयाँ २३ पैसा छ । बहराइन दिनारको खरिददर २७० रुपैंयाँ ९५ पैसा छ भनें विक्रि दर २७२ रुपैंयाँ ५४ पैसा छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।
यो पनि पढ्नुहोस् मागपत्र दूतावासले प्रमाणिकरण गरेमा ९० प्रतिशत समस्या समाधान हुन्छनः पूर्व राजदूत पाण्डे