खोटाङमा बिबिध कार्यक्रमका साथ अन्र्तराष्ट्रिय आप्रवासी कामदार दिवस मनाईयो

 

रामधन राई, खोटाङ, पुस

खोटाङमा अन्तराष्ट्रिय आप्रवासी कामदार दिवस२०१७ बिबिध कार्यक्रमको आयोजना गरी भब्यताका साथ मनाइएको छ । रुपाकोट मझुवागढी नगरपालिकाको आर्थिक सहयोगमा बालसेवा समाज नेपाल नेर्पा र नवकिरण सेवा समाज दुर्छिम खोटाङको संयुक्त आयोजनामा दिवस मनाईएको हो ।

 

सुरक्षित, ब्यवस्थित र मर्यादित बैदेशिक रोजगार: हाम्रो सरोकार भन्ने नारासहित दिक्तेलबजारमा मनाईएको दिवसको अवसरमा वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाउनेहरुको सम्झनामा दिप प्रज्वलन गरिएको छ । यस्तै, सोही अवसर पारेर वैदेशिक रोजगारीका कारण अति जोखिममा परेका रुपाकोट मझुवागढी नगरभित्रका १३ घरपरिवारलाई जनही १० हजार रुपैंयाँका दरले आर्थिक सहयोग बितरण गरियो । जिल्लाबाट बिभिन्न मापदण्ड बनाई छनौट गरिएका घरपरिवारलाई आयमुलक ब्यवसायमा खर्च गर्ने गरी पहिलो चरणमा रकम प्रदान गरिएको बालसेवा समाज नेपालसँगको साझेदारीमा सञ्चालित सुरक्षित आप्रवासन परियोजना सामी अन्तर्गत बिद्यालय तथा आम सञ्चार कार्यक्रम संयोजक ओजनबाबु आचार्यले बताए । 

रकम प्राप्त गर्ने पीडितहरुमा उक्त नगरपालिकास्थित पाथेकाका लालहीरा राई र मनकुमारी बिक, बाम्राङका भगवती खत्री, जालपाका दुर्गा श्रेष्ठ, दोर्पाका मेनुका हिङमाङ, अभिशेष परियार, देवीमाया लुइटेल र संगिता राई छन् । यस्तै, दिक्तेलका निरा विक, लक्ष्मी बिक र वविता कार्की रहनुभएको छ । यस्तै, वैदेशिक रोजगारीकै कारण अति जोखिममा परेका परिवारमध्येको बुइपाका विष्णा परियार र निर्मलीडांडाका देबी छन् । 

कार्यक्रमको बीचमा मन छुने गन्दर्भ गीत पनि प्रस्तुत गरिएको थियो । वैदेशिक रोजगारीले समाजमा ल्याएको समस्या तथा अप्ठ्याराहरुलाई साराङ्गीको धुनसहतिको गीतबाट मर्मस्पर्शी ढंगबाट भोजपुर जरायोटारका गन्दर्भद्वयले प्रस्तुत गर्दा सहभागी मन्त्रमुग्ध बनेका थिए ।

जिल्ला समन्वय समितिका संयोजक बबी चाम्लिङ, रुपाकोट मझुवागढी नगरपालिकाको मेयर दिपनारायण रिजाल, प्रमुख जिल्ला अधिकारी एकदेब अधिकारी, जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी लोकदर्शन थापा लगायतको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको थियो । जिल्ला समन्वय समिति सदस्य चर्च बिक, रुमनपाका उपमेयर बिणादेबी राई, सुरक्षा निकाय, पत्रकार लगायत सरोकारवालाहरुको उपस्थिती रहेको कार्यक्रममा सुरक्षित वैदेशिक रोजगारसम्बन्धी अन्र्तक्रिया समेत भएको थियो । 

काठमाडौंमा मृतक कामदारको सम्झना(तस्वीरमा हेर्नुहोस्)

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय