बैदेशिक रोजगारका पीडितलाई छिटो न्याय सरकारको प्राथमिकताः मन्त्री मन्सुर

काठमाडौं, पुष ३-

श्रम तथा रोजगार मन्त्री फर्मुल्लाह मन्सुरले बैदेशिक रोजगारका पीडितलाई छिटोछरितो न्याय दिन तथा बैदेशिक रोजगारलाई व्यवस्थीत गर्न आफ्नो ध्यान केन्द्रीत भएको बताएका छन् उनले त्यसका लागि बैदेशिक रोजगार विभागमा बर्षौंदेखि अड्कीएका उजुरीको छिटोछरितो सुनुवाई गर्न आफूले निर्देशन दिएको बैदेशिक रोजगार ऐन संशोधनको विषयलाई प्राथमिकतामा राखेको बताए

अन्तराष्ट्रिय आप्रवासी कामदार दिवस, २०१७ को अवशरमा मन्त्रालयको अगुवाईमा आयोजित प्रभातफेरी पश्चातको सभामा बोल्दै मन्त्री मन्सुरले रोजगारीका क्रममा विदेशमा रहेकाहरुलाई गन्तव्य मुलुकबाट नै पुनः श्रम स्वीकृति लिने प्रकृयालाई पनि आफूले अगाडी बढाएको बताए उनले बैदेशिक रोजगारमा जाने कामदारलाई सकेसम्म सजिलो बनाउन सरकारको ध्यान आकृष्ट रहेको जानकारी गराए

बैदेशिक रोजगारमा गएका ४५ लाख भन्दा बढी कामदारकै कारण मुलुकको अर्थव्यवस्था धानिएको भन्दै मन्त्री मन्सुरले उनीहरुले पुर्याएको योगदानको स्मरण गरिनुपर्ने धारणा राखे उनीहरुप्रति राज्यले अझै पनि पर्याप्त रुपमा दायित्व लिन नसकेको भन्दै आगामी सरकार तथा स्थानीय तहको जननिर्वाचित नेतृत्वले अझ धेरै काम गर्ने अपेक्षा प्रकट गरे

सो अवशरमा बोल्दै श्रम तथा रोजगार राज्यमन्त्री डिल्ली चौधरीले बैदेशिक रोजगारलाई मर्यादित बनाउन सरकारले विभिन्न गन्तव्य मुलुकसँग समन्वय गरेर काम गर्नुपर्ने धारणा राखे उनले यसका लागि नागरिक समाज, पत्रकार लगायतलाई साझेदारका रुपमा काम गर्न आग्रह पनि गरे नेपालले चाहेर पनि बैदेशिक रोजगारका नयाँ गन्तव्य खोज्न नसकिरहेको भन्दै बढी जोखिमयुक्त भन्दा सहज गन्तव्यको खोजि गरिनुपर्ने उनको भनाई थियो

सो अवशरमा राष्ट्रिय मानवअधिकार आयोगका सदस्य सुदीप पाठक, मन्त्रालयकासचिव लक्ष्मणप्रसाद मैनाली, सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालका अध्यक्ष सिद्धिचन्द्र बराल लगायतले आफ्ना धारणा राखेका थिए

यी सामग्री पनि तपाईको रुचीका हुन सक्दछन्, पढ्नुहोस् 

सन्दर्भ आप्रवासी कामदार दिवसः कोहि कतै ठगिनु नपरोस् 

सुरक्षित वैदेशिक रोजगार स् हुनुपर्छ सबैको सरोकार

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: