“विदेशमा हुने ‘स्वभाविक मृत्यु’ अस्वभाविक”

 

काठमाडौं, पुष २-

बैदेशिक रोजगारमा गएर ज्यान गुमाउने मध्ये सवैभन्दा धेरैको मृत्युको कारणमा लेखिने स्वभाविक मृत्यु अविश्वसनिय रहेको सरोकारवालाले बताएका छन् । सुरक्षित बैदेशिक रोजगारको क्षेत्रमा कृयाशिल व्यक्ति तथा संस्थाका प्रतिनिधिहरुले यसरी युवा अवस्थामा धेरै नेपालीको मृत्युको कारणका रुपमा विदेशका अस्पतालले लेखेर पठाउने स्वभाविक मृत्यु अस्वभाविक भएको धारणा राखे ।

सुरक्षित बैदेशिक रोजगारको क्षेत्रमा कार्यरत संस्था प्रवासी नेपाली समन्वय समिति(पिएनसीसी)ले सुरक्षित आप्रवासन परियोजना(सामी) को साझेदारीमा विदेशमा हुने मृत्युको कारणका बारेमा गरेको अध्ययन रिपोर्ट सार्वजनिक समारोहमा बोल्ने वक्ताहरुले यसरी हुने अस्वभाविक मृत्युका बारेमा प्रश्न उठाउनु पर्ने बताए । सो अवशरमा बोल्दै श्रम तथा रोजगार मन्त्रालयका उपसचिव शिवराम पोखरेलले मृत्युको अन्य कारण उल्लेख गर्दा गन्तव्य मुलुकका रोजगारदाताहरुको दायित्व पर्ने भएका कारण बहुसंख्यक व्यक्तिको मृत्युको कारण स्वभाविक मृत्यु लेखिने गरेको धारणा राखे । उनले यसका बारेमा कुटनीतिक तवरबाट पहल गर्न जरुरी रहेको बताए । २० २५ बर्षको उमेरमा हुने मृत्युलाई कसरी स्वभाविक मृत्यु मान्न सकिन्छ भन्ने प्रश्न गर्दै उपसचिव पोखरेलले यसमा सरकार, नागरिक समाज, नीजि क्षेत्र सवैको उत्तिकै चासो र चिन्ता भएको बताए ।

सो अवशरमा बोल्दै बैदेशिक रोजगार प्रवद्र्धन बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले बर्षेनी झण्डै १  हजार नेपालीले विदेशमा ज्यान गुमाईरहेको भन्दै यसलाई कसरी घटाउने भन्ने चुनौतिको विषय  भएको बताए । उनले बैदेशिक रोजगारमा जानुपूर्व दिइने सुचना तथा सीपमूलक तालिमले यसलाई केहि कम गर्न सकिने भन्दै यसतर्फ बोर्ड सजग रहेको र सोही अनुरुप काम भइरहेको जानकारी दिए । उनले कतिपय विषयमा श्रम तथा रोजगार मन्त्रालयले नै सहयोग नगरेको भन्दै त्यसकै कारण बोर्डले अपेक्षा अनुसार काम गर्न नसकेको गुनासो गरे ।

यसअघि अध्ययन रिपोर्ट प्रस्तुत गर्दै पिएनसीसीका महासचिव सोमप्रसाद लामिछानेले आफ्नो संस्थाले लाश स्वदेश झिकाउन सहयोग गरेका ३ सय ५ वटा घटना रिपोर्टमा समेटिएको बताए । उनले बैदेशिक रोजगारमा ज्यान गुमाएका व्यक्तिका परिवारले नेपालमा राहत रकम पाउन केहि सहज देखिएपनि विदेशबाट भनें त्यस्तो रकम पाउन अत्यन्त कठिन रहेको धारणा राखे । उनले अध्ययन गरिएका घटनाका आधार सवैभन्दा धेरै घटना नवलपरासी जिल्लाको रहेको र दोश्रोमा धनुषाको घटना रहेको बताए । धनुषा नेपालमा सवैभन्दा धेरै नेपाली बैदेशिक रोजगारमा जाने जिल्लामा पहिलो स्थानमा रहेको छ ।

कार्यक्रममा  सामिका परियोजना समन्वय ईकाई प्रमुख सूर्यप्रसाद भण्डारी, सुरक्षित आप्रवासनका लागि राष्टिय सञ्जालका अध्यक्ष सिद्धिचन्द्र बराल, पिएनसीसीका अध्यक्ष कुलप्रसाद कार्की, अनुसन्धानकर्मी रामेश्वर नेपाल, अधिकारकर्मी मञ्जु गुरुँग लगायतले धारणा राखेका थिए ।      

यो पनि पढ्नुहोस मलेसियामा छोरो गुमाएको १० वर्षपछि आर्थिक सहायता

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय