मलेसियामा छोरो गुमाएको १० वर्षपछि आर्थिक सहायता

अम्बिका दाहालखोटाङ, पुष २-

खोटाङको ऐसेलुखर्क गाउँपालिका १ राखावाङदेलका रत्नबहादुर जोगीको परिवारले छोरो गुमाएको १० वर्ष पछि आर्थिक सहायता पाएका छन् । कम्पनीले गरिदिने बिमा वापतको रकम रत्नबहादुरको नाममा २ लाख ९३ हजार र सीतामाया जोगीको नाममा २ लाख ९३ हजार रुपैयाँ पठाएको हो ।

मलेसियामा कार्यरत खेमराज जोगीको २०६५ सालमा कम्पनीमा दुर्घटनामा परेर ज्यान गएको थियो । काम गर्दागर्दै खेमराजलाई मेसिनले च्यापेको थियो ।

कम्पनीबाट आउने आर्थिक सहायताका लागि परिवारले चारपटक फारम भरेर पठाएपनि फारम नआएको भन्दै कम्पनीले रकम पठाएको थिएन । परराष्ट्र मन्त्रालयका कर्मचारीले समेत आफूहरुलाई जानकारी नभएको भनेपछि परिवार दिक्तेलमा रहेको सुरक्षित आप्रवासन परियोजना सामिको सूचना तथा परामर्श केन्द्रमा सहयोग माग्दै पुगेका थिए । सूचना केन्द्रको सहयोगमा फारम कम्पनीमा पठाएपछि कम्पनीले आर्थिक सहायता उपलब्ध गराएको हो ।

छोराको मृत्युपछि पाउने आर्थिक सहायताका लागि रत्नबहादुर धेरै पटक काठमाडौं पुगेका थिए । कम्पनीले आर्थिक सहायता दिएपछि रत्नबहादुरले भने, ‘छोरो त फर्किंदैन नै कम्पनीले काठमाडौ धाउँदाको खर्चचाहिँ पठाइदिएछ । 

यो पनि पढ्नुहोस् यसरी भयो पूजाको उद्धार, बेपत्ता बनाइएका अरुको खोजी कसरी गर्ने ?

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय