
दिननाथ गैरे ‘बगर’, युएई, पुष २-
नेपाल पत्रकार महासघ, युएई शाखाले हरेक बार्षिक उत्सवका अवशरमा प्रदान गर्ने उत्कृष्ट पत्रकारको अवार्ड यसबर्ष कसले प्राप्त गर्ने भन्ने चासो सुरु भएको छ । महासंघ, युएई शाखाले युएईमा कृयाशिल नेपाली पत्रकारलाई हौसला प्रदान गर्न पत्रकारीता अवार्डले हरेक बर्ष सम्मान गर्ने गरेको छ । जनवारी १२ तारिकमा शाखाको दशौ बार्षिक उत्सवको अवसरमा उक्त अवार्ड प्रदान गरिंदैछ ।
अवार्ड छनोटको लागि पत्रकार महासध युएईका अध्यक्ष भुपराज बस्याल र सचिव मेघराज सापकोटा रहने गरि कमिटी बनाइएको छ । कमिटीले युएईमा कलम चलाएका पत्रकारहरुले वर्षभरि लेखेका समाचारहरुको मुल्याकन गरि नाम चयन गर्ने छ। सो प्रतिस्पर्धामा सहभागि हुन चाहनेलाई पत्रकार महासंघको इमेल ठेगाना [email protected] र [email protected] मा समाचार पठाउन अनुरोध गरिएको छ । यसअघि सो अवार्ड लक्ष्मण खनाल र राम कुमार परियारले प्राप्त गरेका थिए।