युएईमा एनआरएनएले आयोजना गर्यो भलिवल प्रतियोगिता 

 

दिननाथ गैरै (राजा बगर) दुबई, पुष १-

गैरआवासीय नेपाली संघ, युएईको आयोजनामा अन्तर नेपाली युएईब्यापी खुल्ला भलिबल प्रतियोगिता सम्पन्न भएको छ ।  शुक्रबार दुबईस्थित अलकुजको बलदिया खेल मैदानमा सम्पन्न सो प्रतियोगितामा युएईका बिभिन्न क्षेत्रका १८ टिमको सहभागिता थियो ।

प्रतिस्पर्धामा नेपाल स्पोर्ट्स क्लब शारजाहा प्रथम भयो भनें जबल अलि स्पोर्ट्स क्लब द्धितिय तथा सन् एण्ड मुन ट्राभल्स तृतीय भए । उक्त प्रतियोगितामा नेपाल स्पोर्ट्स क्लब शारजाहाका खेलाडी प्रदिप पौडेल उत्कृष्ट खेलाडी छनोट भए ।  प्रथम हुने टीमले ३ हजार ३ सय ३३ दिराम नगद, कप, मेडल, प्रमाण पत्र प्राप्त गर्यो । द्धितिय हुनेले २ हजार २ सय २२ दिराम नगद, कप, मेडल र प्रमाण पत्र प्राप्त गर्यो भनें तृतीय हुनेले १ हजार १ सय ११ दिराम नगद, कप, मेडल र प्रमाणपत्र प्राप्त गरेका थिए । यसैगरी उत्कृष्ट खेलाडी घोषित पौडेलले ५ सय दिराम नगद र प्रमाणपत्र प्राप्त गरे ।

यसअघि प्रतियोगिताको उद्घाटनका अवशरमा कलाकार दिपक (दिपिका) गुरुङको नृत्य साथै युएई मार्सल आर्ट्स एण्ड स्पोर्ट्स क्लवका कराँते खेलाडी तथा उक्त क्लबका प्राबिधिक निर्देशक रबि शाही सहितले कराँते खेलका काता र खेल कौशल प्रदर्शन गरेका थिए ।  

कार्यक्रममा प्रमुख आतिथ्यता नेपाली राजदुतावास युएईका श्रम काउन्सेलर भेष बहादुर कार्कीको रहेको थियो भने सभापतित्व गैरआवासीय नेपाली संघ, युएईका अध्यक्ष रमेश श्रेष्ठले गरेका थिए । 

यो पनि पढ्नुहोस् सरकारले नै कामदार युरोप पठाउन निरुत्साहित गर्दैछ: व्यवसायी

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय