
कैलाली, पुष १-
सुरक्षित, व्यवस्थित र मर्यादित बैदेशिक रोजगार, हाम्रो सरोकार भन्ने नाराका साथ आप्रवासन सप्ताह २०१७ कैलालीमा विभिन्न कार्यक्रमहरुका साथ मनाइदैछ । सुरक्षित आप्रवासन परियोजना(सामी), आप्रवासी कामदार हकहित संरक्षण केन्द्र कैलाली र सञ्चार प्रतिष्ठान नेपालको सहकार्यमा विविध कार्यक्रमका साथ दिवस मनाईंदैछ ।
सञ्चार प्रतिष्ठान नेपालले यससाता आम नागरिकलाई सुरक्षित आप्रवाासनका विषयमा जानकारी प्रदान गर्ने खालका कार्यक्रम भइरहेका सुरक्षित आप्रवासन कार्यक्रमका परियोजनाका जिल्ला संयोजक पञ्चराम चौधरीले बताए । यस अन्तरगत कक्षा ११ र १२ का विद्यार्थीलाई नेपालममा आप्रवासनको अवस्था, त्यसले निम्त्याएका समस्या र समाधानका लागि सुरक्षित आप्रवासन परियोजनाले पुर्याइरहेको सेवाका बारेमा जानकारी गराइएको र उनीहरु परिवारसम्म सन्देश वाहकका रुपमा पुग्ने चौधरीले धारणा राखे ।
परियोजनाले आफूसंग भएको जनशक्तिले मावि तहमा विद्यार्थी, म्यादी प्रहरीलाई सुरक्षित आप्रवासनका विषयमा दैनिक सयौ जनालाई अभिमुखीकरण गराइरहेको छ । कार्यक्रममा नेपालबाट बैदेशिक रोजगारमा जानेको अवस्था, सुरक्षाका उपाय र सुरक्षित आप्रवासन परियोजनाले दिने सेवाका विषयमा विद्यार्थीहरुलाई जानकारी दिइएको छ ।
साप्ताहिक कार्यक्रम अन्तरगत पत्रकार सम्मेलन, विद्यालयमा वक्तृत्वकला प्रतियोगिता भैरहेका छन् । यस्तै हाप्रवासी कामदार हकहित संरक्षण केन्द्र कैलालीले बैदेशिक रोजगारीका कारण समस्यामा परेका परिवारका सदस्यसंग भेटघाट र सुरक्षित आप्रवासनका विषयमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको केन्द्रका जिल्ला अध्यक्ष नारायण विकले जानकारी दिए ।
छात्रवृतिका लागि ३२ जनाको आवेदन
नेपाल सरकार श्रम मन्त्रालय, बैदेशिक रोजगार प्रवद्र्धन वोर्डले दिने छात्रवृतिका लागि कैलालीबाट यस वर्ष ३२ जनाको आवेदन परेको छ । वोर्डले बैदेशिक रोजगारका क्रममा मृत्यू भएका, कामको सिलसिलामा घाइते अपांग भई अशक्त भएका व्यक्तिका सन्तानलाई छात्रवृति दिदै आएको छ । बोर्डले आधारभूत तहका विद्यार्थीलाई वार्षिक ८ हजार र मावि तहका विद्यार्थीलाई वार्षिक १० हजार रुपैया छात्रवृति दिदै आएको छ । यस वर्ष संकलित आवेदन सुरक्षित आप्रवासन कार्याक्रमका अधिकृत कृष्ण विकले जिल्ला शिक्षा अधिकारी गणेशबहादुर सिंहलाई बुझाएका छन् । जिल्ला शिक्षा अधिकारी र्सिहले प्राप्त आवेदनलाई सिफारिस गरी प्रवद्र्धन वोर्डमा पठाइने बताए ।
यो पनि पढ्नुहोस कोरियाले तोक्यो २०१८ का लागि श्रमिकको कोटा