
मधुसुदन ओझा, सियोल, मंसिर २९-
दक्षिण कोरियाले एसियाका बिभिन्न १६ देशबाट रोजगार अनुमति प्रणाली(इपिएस) अन्तर्गत भित्रियाउने प्रवासी मजदुरहरुको कोटा तोकेको छ । आज(डिसेम्वर १५) मा बसेको प्रवासी मजदुर कोटा निर्धारण समितिको बैठकले २०१८ मा ५६ हजार प्रवासी मजदुरको कोटा तोकेको हो । यसमध्ये ४५ हजार नया (पिबिटी) प्रवासी मजदुर लैजाने छ भने ११ हजार कमिटेड र बिशेष कोरियन भाषा परिक्षा उतिर्ण भएको प्रवासी मजदुर (सिबिटी) लैजाने निर्णय भएको छ ।
हरेक बर्ष कति प्रवासी मजदुरहरु लिने भन्ने निर्णय कोरियन सरकारले हरेक बर्ष गर्ने गर्दछ । कोटा निर्धारण समितिमा सरकारको तर्फबाट १२ जना, मजदुर संगठनबाट २ जना, कम्पनी ब्यवस्थापक र अन्य क्षेत्रबाट गरि जम्मा २१ जना सदस्य रहने ब्यवस्था छ । मजदुर संगठनबाट कोरियन प्रजातान्त्रिक मजदुर महासघ (केसिटियु) र एफकेटियुको सदस्य सहभागी छन ।
कुन-कुन क्षेत्रमा कति प्रवासी मजदुरको कोटा निर्धारण गरिएको छ ? तलको तालिका हेर्नुहोला
‘२०१८ मा अदक्ष प्रवासी मजदुर (ई ९ ) नया र पुन: प्रवेश गर्नेको क्षेत्र र संख्या बिभाजन ‘
बर्गिकरण |
जम्मा |
उत्पादन |
कृषि तथा पशुपालन |
मत्स्यपालन |
निर्माण |
सेवा |
|
जम्मा (संख्या) |
५६,००० |
५४,००० +α(२००० ) |
४२,३०० |
६,६०० |
२,६०० |
२,४०० 4 |
१०० |
नया |
४५,००० |
४३,००० +α(२००० ) |
३२,२५० |
५,८७० |
२,४०० |
२,३९० 4 |
९० +α |
पुन: प्रवेश |
११,००० |
१०,०५० |
७३० |
२०० |
१० |
१० |
प्रवासी मजदुर कोटा निर्धारण समितिले तोकेको कोटा अनुसारको प्रवासी मजदुरहरु २०१८ को कुन कुन महिनामा लगिन्छ छ त ? तल हेर्नुहोला
समय |
जम्मा |
उत्पादन |
कृषि तथा पशुपालन |
मत्स्यपालन |
निर्माण |
सेवा |
जम्मा संख्या |
४३,००० +α(२००० ) |
३२,२५० |
५,८७० |
२,४०० |
२,३९० |
९० |
जनवरी |
१५,७७० |
९,६०० +α1 |
२,६१० +α2 |
१,१०० |
१,२२०+α4 |
४० +α5 |
अप्रिल |
१४,५४० |
९,६०० |
२,६१० |
७५० |
७३० |
५० |
जुलाई |
७,५४० |
६,५५० |
५५० |
४४० |
||
अक्टोबर |
७,१५० |
६,५०० |
६५० |
यो बाहेक पुन प्रवेश गर्ने (कमिटेड र सिबिटी) प्रवासी मजदुरहरुलाई माग भए अनुसार जुनसुकै समयमा लगिने छ भनि निर्णय गरिएको छ ।