ईराक पठाइदिने भन्दै श्रीलंका पुर्याएर अलपत्र पारेको अभियोगमा पक्राउ

काठमाडौं, मंसिर २९-

प्रहरीले ग्याल्जेन शेर्पालाई मानव तस्करीको अभियोगमा पक्राउ गरेको छ । आफूलाई प्रतिमहिना १ लाख तलव हुने काममा इराक पठाइदिने भन्दै श्रीलंका पुर्याएर अलपत्र पारेको भन्दै एक महिलाले उनी विरुद्ध उजुरी गरेकी थिइन् ।

गत असार १९ गते परेको उजुरीका आधारमा सिन्धुपाल्चोक बाह्रबिसे गाउँपालिका १ घर भई हाल ललितपुर सातदोबाटो बस्दै आएका ३८ बर्षिय शेर्पा पक्राउ परेका हुन् ।

उनले इराकमा महिलाहरुलाई राम्रो अवसर आएको छ भन्दै आफूलाई गत असार ११ गते भारतको बाटो हुँदै लगिएको भन्दै उजुरी दिएका थिए । पीडित महिलाका अनुसार कलंकीबाट भैरहवा हुँदै भारतको दिल्लीसम्म पुर्याई दलालको जिम्मा लगाएका थिए । दिल्लीमा आफूलाई तीन दिनसम्म राखी ईराक जान श्रीलंकामा भिषा आईसकेको छ भनि प्लेनद्वारा दिल्लीबाट श्रीलंकाको कोलोम्बो पठाईदिएको उनले बताएकी छन् । 

श्रीलंकाको कोलम्बोमा पुगी करिव एक महिना जति अलपत्र अवस्थामा पुगेकोले नेपाल स्थित आफन्तलाई खबर गरी आफन्तहरुकै सहयोगमा साउन १६ गते श्रीलंकाबाट भारतको मुम्बई हुँदै काठमाडौं फर्किएको पीडितले प्रहरीलाई बताएकी छन् । काठमाडौं फर्किएपछि साउन १९ गते शेर्पा लगायत विरुद्ध ति महिलाले मानव तस्करीको उजुरी हालेकी थिइन् । 

पक्राउ परेका शेर्पालाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको अपराध अनुसन्धान विभागले जनाएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय