
काठमाडौं, मंसिर २९-
नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार शुक्रवार कतारी रियालको खरिदर २८ रुपैंयाँ १९ पैसा र विक्रि दर २८ रुपैंयाँ ३६ पैसा रहेको छ । युएई दिरहमको खरिददर २७ रुपैंयाँ ९५ पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ ११ पैसा छ ।
यसैगरी साउदी रियालको खरिददर २७ रुपैंया ३७ पैसा छ भनें विक्रि दर २७ रुपैंयाँ ५३ पैसा छ । मलेसियन रिंगिटको खरिद दर २५ रुपैंयाँ १३ पैसा छ भनें विक्रि दर २५ रुपैंयाँ २८ पैसा छ । कुनै समयमा ३० रुपैंया भन्दा माथि रहेको रिंगिट घटेर २३ मा आइपुगेको थियो । लामो समयपछि रिंगिटको भाउ २५ रुपैंयाँ पुग्नु धेरै नेपालीका लागि खुशीको सन्देश हो ।
कुवेती दिनारको खरिददर ३३९ रुपैंया ९१ पैसा छ भनें विक्रि दर ३४१ रुपैंयाँ ८९ पैसा छ । बहराइन दिनारको खरिददर २७२ रुपैंयाँ २९ पैसा छ भनें विक्रि दर २७३ रुपैंयाँ ८८ पैसा छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।
यो पनि पढ्नुहोस् श्रमिकको सहयोगका लागि कतारमा साँस्कृतिक कार्यक्रम हुँदै