आम माफ़ी नखुल्ने, अबैधानिक रुपमा बसिरहेका १लाखलाई पक्रने योजना

 

हरीकृष्ण न्यौपाने, कुवेत, मंसिर २७-

कुवेतमा लामो समय देखी एम्नेष्टी (आम माफी) कुरेर बसेका आप्रबासी कामदारहरुले आम माफीको सुबिधा नपाउने भएका छन। कुवेतको रेसिडेंस अफिस डिभिजनका निर्देशक मेजर जनरल टेलल मार्फीका अनुसार गृहमन्त्रालयले कुवेतको नियम उल्लङ्घनकर्ताहरूलाई कुनै पनि मौका दिने छैन। जनरल टेलल मार्फीले भनेका छन ‘कानुनले ब्यबस्था गरेको शुल्क तिरेर बैधानिक हुन र जरिवाना तिरेर आफ्नो देश फर्किन चाहने आप्रबासीहरुलाई कुवेत सरकारले ढोका खुल्ला राखेको छ ।’

कुवेत टाइम्समा प्रकाशित समाचारमा जनरल मार्फीले भनेका छन ‘सरकारलाई बेवास्ता गर्ने र  कुवेतको आवासीय नियम उल्लङ्घनकर्ता आप्रबासी कामदारहरुलाई अब बिशेष चेकजाँच मार्फत पक्राउ गरि देश निकाला गरिने छ।’ उनले कुवेतमा  लगभग एक लाख अबैधानिक आप्रबासी कामदारहरु रहेको बताएका छन। मार्फीले भनेका छनू कुनै पनि उल्लङ्घनकर्ता जसले स्वैच्छिक रूपमा आफ्नो स्थिति सुधार गर्न अगाडी आऊनेलाई मद्दत पुर्याइने छ, तर उसलाई चेकजॉचमा पकडिएको छ भने कालो सूचिमा राखेर देश निकाला गरिने  छ।

यो पनि पढ्नुहोस् म्यानपावर व्यवसायी बने साँसद, तीनजना श्रममन्त्री पराजीत  

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय